नवलपुर : मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको चार नरभक्षी बाघलाई ‘आनीबानी सुध्रिएको’ भन्दै प्राकृतिक वासस्थानमै छाडेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र ती बाघलाई मानिसको नजिक राखेर बानी–व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको जानकारी दिए।निकुञ्जले यो वर्ष सातवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यो आर्थिक वर्ष २०७९\८० मा चार बाघ छाडिए पनि अझै तीन बाघ निकुञ्जको खोरमै रहेको जानका