काठमाडौं : सरकारले संसदबाट आज नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। सोही अनुसार आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। हिजो पनि संभावित कार्यसूचीमा रहेको विधेयक फिर्ता लिने विषय अन्तिममा कार्यसूचीबाट हटाइएको थियो। २०७५ सालमा संसदमा पेश भएक