भारतको उत्तर प्रदेश विधानसभा चुनावको मिति नजिकिँदैछ । पहिलो चरणको चुनाव १० फेब्रुअरीमा हुँदैछ ।
यसपालि मुख्यमन्त्रीका दाबेदारहरू योगी आदित्यनाथ र अखिलेश यादव विधानसभा चुनावी मैदानमा छन् । यसअघि दुवै लोकसभा र विधान परिषद् चुनाव लड्दै आएका थिए भने पहिलोपटक विधानसभा चुनावी मैदानमा आएका हुन् ।
मुख्यमन्त्री योगी गोरखपुरबाट चुनाव लड्दैछन् भने अखिलेश करहल सीटबाट लड्दैछन् । योगी भारतीय जनता पार्टी (भाजपा) र अखिलेश समाजवादी पार्टी (सपा) बाट चुनाव लड्दैछन् ।
चुनावको मुखैमा दुवै नेताको सम्पत्तिबारे समेत चर्चा शुरू भएको...