अमेरिकामा प्रयोगशालामा विकास गरिएको मासु विक्रीवितरणको अनुमति

काठमाडौं । वर्षेनी मानवीय खपतका लागि ७० अर्ब जनावरहरू मार्ने गरिएको छ । मान्छेहरूले खानकै लागि वर्षेनी अर्बौं समुद्री जीवको हत्या गर्छन् । यीमध्ये अधिकांश जनावरहरू फारममा खाद्य प्रयोजनको लागि भनेर नै पालिन्छ । विश्वभर मासुको खपत बढ्दो छ । यो प्रवृत्ति पर्यावरणका लागि मात्रै होइन, उपभोक्ता स्वास्थ्य र पशु कल्याणको लागि पनि हानिकारक छ । यस्तोमा वैकल्पिक मासुको आवश्यकता बढेको छ । अमेरिकाले हालै मात्रै प्रयोगशालामा विकास गरिएको मासुलाई घरेलु स्तरमा बेचबिखनको अनुमति दिएको छ ।  यो मासु कुखुराबाट आएको होइन । जीवित कुखुराको कोषबाट आएको हो । गत बुधबार अमेरिकाको औषधि प्रशासनले ल्याब ग्रोन मिट स्टार्ट–अप्स कम्पनी अपसाइड फूड र गूड मिटलाई ल्याब ग्रोन मासुको उत्पादन थाल्न र विक्रीवितरण गर्न अनुमति दियो । यस्तो मासु मानव खपतको लागि सुरक्षित छ भन्ने निक्र्याैल निकालेर एफडीएले नोभेम्बरमै यसको खपतको अनुमति दिएको थियो ।  सिंगापुरसमेत विश्वका केही देशमा केही अमेरिकी कम्पनीले आफ्नो उत्पादन बेचिरहेका छन् । अमेरिकाले भने पहिलो पटक यस्तो अनुमति दिएको हो । सारांशमा भन्नु पर्दा ल्याब ग्रोन मिट जनावरको कोष वा निषेचित अण्डाबाट बनाइएको मासु हो ।  यसमा अमिनो एशिड जस्ता पोषक तत्वहरू राखेर जनावरको कोषलाई मासुमा विकसित गराइन्छ । कोषलाई यसको विकास हुन र टुक्रिन चाहिने पोषणको तरलमा मिसाएर राखिन्छ । मासु बनाउने ठाउँ झट्ट हेर्दा ब्रुअरीजस्तै देखिन्छ । सेल विस्तारै मांसपेशी चिल्लो र कनेक्टिभ तन्तुमा परिणत हुन्छ । मासु पूर्णरूपमा विकास भएपछि यसलाई बायोरियाक्टरमा राखिन्छ । केही दिन वा हप्ताभित्रै यहाँबाट मासु पूरै तयार भएर आउँछ ।  यसलाई प्रोशेसिङ लाइनमा पठाइन्छ । यो मासुलाई धेरै पकाउनु पनि पर्दैन । ल्याबमै मासु आधा पाकिसकेको हुन्छ । सबैभन्दा सजिलो तरिकाले बन्ने मासु चाँहि ह्यामबर्ग र चिकन नगेटमा प्रयोग हुने किमा हो । केही कम्पनीहरुले कुखुराको छाती र स्टिक्स जस्ता प्रडक्ट बनाउन पनि काम गरिरहेका छन् ।  यो फरक तरिकाले बनाइएको वास्तविक मासु हो भन्छन् विज्ञहरु । तर यो वनस्पतिबाट बनाइएको मासु जस्तोचाँहि हुन्न । यस्तो खालको केही मासुमा वनस्पतिमा हुने प्रोटिन चाँहि हुन्छ ।  कुखुराको निषेचित अण्डाबाट निकालेको कोषलाई सेल बैंकमा राखिन्छ । यस्ता सेल बैंकमा राखिएका कोषहरूलाई कम्तीमा पनि १० वर्षसम्म चलाउन सकिन्छ । कोषहरू बायोप्सी अनि प्वाँखहरूबाट समेत निकालिन्छ । खानकै लागि भनेर जनावरहरू पाल्दा प्रचुर मात्रामा हरित गृह ग्यास उत्सर्जन भइरहेको छ ।  जनावरको दानाका लागि मकैलगायत अन्नको उच्च प्रयोग हुन्छ । मानव निर्मित मासुले हरित गृह ग्यास उत्सर्जन घटाउँछ । दानामा प्रयोग हुने अन्न बच्यो भने विश्वको खाद्य संकट कम गर्न पनि सघाउँछ । तर, प्रयोगशालामा मासु तयार गर्दा बिजुली खपत धेरै हुन्छ ।  नवीकरणीय ऊर्जा वा स्वच्छ ऊर्जाको प्रयोग गर्ने हो भने यसले विश्वको बढ्दो जनसंख्यालाई कसरी खुवाउने भन्ने समस्यामा अर्को विकल्प दिन सक्छ । यो मासु शाकाहारीले पनि खान सक्छन् त ? तर, यस्तो मासु शाकाहारी भने होइन । अहिलेसम्म सिंगापुर ल्याब ग्रोन मिट बेचबिखन हुने एक मात्रै देश हो । अब भने अमेरिकामा पनि यसको बाटो खुलेको छ । यसले भविष्यमा मासु व्यवसायमा व्यापक रुपान्तरण ल्याउने आशा गरिएको छ । तर, यस्तो खालको मासु प्राकृतिक मासुभन्दा अति नै महँगो हुन्छ । अहिले विश्वभर १५० भन्दा धेरै देशहरूले यस्तो मासुको विकास गर्न काम गरिरहेका छन् । कुखुराको मात्रै होइन, सुँगुर, भेंडा, गाई र माछाको मासु पनि प्रयोगशालामा बनाउने प्रयास भइरहेको छ ।  यस्ता मानव निर्मित मासुको स्वाद पनि प्राकृतिक मासुजस्तै हुन्छ । सन् २०४३ सम्ममा सेल कल्चर्ड भनिने यस्तो मासु उद्योगको आकार १३ अर्ब ७० करोड डलरको हुने अनुमान गरिएको छ । पछिल्लो समय ल्याबमा मासु बनाउने कम्पनीहरूमा लगानीको खोलो बगिरहेको छ । एजेन्सी

सम्बन्धित सामग्री

६० केजी कुखुराको मासु नष्ट

पैदल मार्गबाट खच्चडमा ढुवानी गरेर ल्याएको कुखुराको मासु नष्ट गरिएको छ । तीन दिन लगाएर सदरमुकाम सिमकोट ल्याएको वासी मासु बिक्री गर्न खोजेपछि सिमकोट गाउँपालिका पशु विकास शाखाले व्यापारीबाट बरामद गर्दै नष्ट गरेको हो ।

ज्योति विकास बैंकका ग्राहकले ‘सी फूड’ मा २७ प्रतिशतसम्म छुट पाउने

काठमाडौं- ज्योति विकास बैंकले ग्राहकवर्गलाई ‘सी फूड’ मा २७ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकवर्गलाई ‘सी फूड’ बाट माछा मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छुट प्रदान सम्बन्धी सम्झौता गरेको हो । बैंकले काठमाडौंको डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौता अनुसार ग्राहकहरुले उक्त छुट पाउनेछन् । सम्झौता पत्रमा बैंकका […]

राँगाको मासु चीन निर्यात  सहमति भयो, तयारी छैन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न चीन भ्रमणका क्रममा नेपालबाट राँगाको मासु चीन निर्यात गर्ने स्वीकृति प्रक्रियालाई तीव्रता दिन दुई देशबीच सहमति भएको छ । दुवै देशको संयुक्त वक्तव्यमा नेपालबाट राँगाको मासु चीन निर्यात गर्न स्वीकृति दिने प्रक्रियालाई तीव्रता दिने र यसबाट दुई देशबीचको व्यापारघाटा न्यूनीकरण हुने अपेक्षा गरिएको उल्लेख छ । तर, राँगाको मासु निर्यातका लागि नेपालको कुनै तयारी देखिँदैन । यहाँसम्म कि सहमति प्रक्रिया अघि बढाउँदा नेपाल अहिलेको अवस्थामा राँगाको मासु निर्यातका लागि सक्षम छ कि छैन भन्ने कुरामा समेत प्रधानमन्त्रीले हेक्का राखेको देखिएन । उत्पादनका हिसाबले नेपाल अहिले नै राँगाभैंसीको मासु निर्यात गर्ने अवस्थामा नरहेको सरकारी अधिकारी नै बताउँछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव सवनम शिवाकोटी अर्यालले राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा अहिलेको अवस्थामा नेपालबाट राँगाको मासु निर्यात गर्न सम्भव नरहेको बताइन् । तर, तत्कालै निर्यात शुरू गर्ने सहमति भएको नभई निर्यात गर्ने स्वीकृति प्रक्रियालाई तीव्रता दिने सहमति भएकाले प्रयास गर्दा असम्भव नै छ भन्ने अवस्था पनि नरहेको उनले बताइन् । सवनमका अनुसार पछिल्लो समय पशुपालनको लागत बढ्दै जानु, बजार सुनिश्चितताको कमी, सहुलियत कर्जामा किसानको पहुँच नपुग्नु, आफ्नो उत्पादनको समयमै भुक्तानी नपाउनुलगायत कारणले पशुपालनबाट पलायन हुने किसानको संख्या बढ्दै गएको छ । ‘पछिल्लो समय गाईगोरुमा देखिएको लम्पी स्किन रोगका कारण धेरैजसो किसान हतोत्साहित छन् । उनीहरूलाई गाईभैंसीपालनमा सक्रिय बनाउन बीमा प्रवर्द्धनमा हामीले काम गरेका छौं र यसमा आकर्षण बढ्दो पनि छ,’ उनले आर्थिक अभियानसँग भनिन्, ‘भारतबाट ल्याउने भनिएको मुर्रा जातको राँगा ल्याएर हामीले उत्पादन बढाउन सक्यौं भने असम्भव छैन ।’ मुर्रा जातको राँगा नेपाल ल्याउने योजना अहिले प्रक्रियाकै चरणमा छ । यसअघि पनि नेपालबाट राँगाको मासु चीन निर्यात गर्ने विषयमा दुई देशबीच छलफल भएको थियो । तर, यहाँको मासुले मापदण्ड पूरा गर्न नसकेको भन्दै चीनले निर्यात स्वीकृति दिन मानेको थिएन । अहिले चीन सहमत भएकाले नेपालले मापदण्ड पूरा गरेर निर्यातको चरणमा पुग्न सके नेपाली पशुपालक किसानलाई ठूलो फाइदा हुने बताइन्छ । नेपालमा पशुपालन क्षेत्रमा लगानी गर्न केही निजीक्षेत्र र चिनियाँ कम्पनीले समेत इच्छा देखाएको मन्त्रालयले बताएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा राँगाभैंसीको संख्या विस्तारै घट्दै गएको छ ।  कृषि गणना २०५८ अनुसार नेपालमा राँगाभैंसीको संख्या ३४ लाख ७७ हजार रहेकोमा २०७८ मा आइपुग्दा यो घटेर २९ लाख २३ हजार कायम भएको छ । हाल चीनमा नेपालबाट राँगाभैंसीको मासु घुमाउरो बाटो हुँदै गएको छ । भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन । अन्य मुलुकको दाँजोमा नेपाली उत्पादन सस्तो पर्ने भएकाले नेपालले राँगाभैंसीको मासु उत्पादन बढाउन सके चीन निर्यातको सम्भावना प्रचुर रहेको बताइन्छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले राँगाभैंसीको मासु चीन निर्यात गर्न चिनियाँ पक्षले सहजीकरण गर्नेबारे भर्खरै मात्र सहमति जुटेकाले अहिलेको अवस्थामा नेपालको खासै तयारी नभएको जानकारी दिए । तैपनि मासु निर्यात गर्न असम्भव भने नहुने उनको भनाइ छ । नेपालबाट अहिले पनि अवैध रूपमा घुमाउरो बाटो हुँदै चीनसम्म राँगाभैंसीको मासु निर्यात भइरहेकोले त्यसलाई वैधानिक रूपमा निर्यात गर्न लाग्नुपर्नेमा उनले जोड दिए । हाल नेपालबाट चीनमा घाँस निर्यात हुँदै आएको छ । चीनमा नेपाली अमिलो जातका फलफूल निर्यातका लागि आवश्यक पर्ने प्रमाणपत्र उपलब्ध गराउन र नेपालमा क्वारेन्टाइन प्रयोगशाला स्थापनामा सहयोग गर्न पनि चीन तयार छ । याक र च्यांग्र्राको प्रजननका लागि पनि चीनले सहयोग गर्ने बताएको छ ।  चीनले नेपालबाट अमिलो जातका फलफूल आयात गर्ने भन्ने सहमति भएको ४ वर्ष बित्दा चिनियाँ पक्षले चाँसो नदिँदा अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन । त्यसैले राँगाभैंसीको मासु निर्यातमा पनि चीनले चासो नदिएर फलफूल निर्यात जस्तै सहमतिमा सीमित हुने हो कि भनेर आशंका गर्नेहरू पनि छन् ।

सुदूरपश्चिममा मासु, दूध र अण्डा अपुग

धनगढी– सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा मासु, दूध र अण्डा अपुग रहेको प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक रहेकोमा प्रदेशमा ८०.७२ लिटर उपलब्ध छ भने प्रतिव्यक्ति वार्षिक १४ किलो मासु आवश्यक रहेकोमा १०.६८ किलो उपलब्ध छ । त्यसैगरी, प्रतिव्यक्ति वार्षिक ४८ गोटा अण्डा आवश्यक रहेकोमा […]

कुखुराको मासु खतरनाक ! भ्रूणमा भेटियो प्लास्टिक

शोधकर्ताहरुले कुखुराको भ्रूणमा प्लास्टिक फेला पारेसँगै स्वास्थ्यका लागि तुलनात्मक रुपमा सुरक्षित मानिएको कुखुराको मासुप्रति पनि आशंका बढेको छ । भ्रूणमा प्लास्टिक भएका कारणले कुखुराको विकास सही तरिकाले हुन छाडेको शोधकर्ताहरुको निष्कर्ष छ । साथै त्यस्तो कुखुराको मासु खाएमा स्वास्थ्यमा गम्भीर असर पर्ने बताइएको छ । शोधकर्ताहरुले कुखुराको भ्रूणमा निकै सूक्ष्म प्लास्टिक अर्थात् नानोप्लास्टिक फेला पारेका […]

वागमती प्रदेशमा ६९ प्रतिशत मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान

वागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय अण्डा उत्पादनमा वाग्मती प्रदेशको योगदान ६० प्रतिशत रहेको समेत छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दशौं पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमका अवसरमा आज हेटौंडामा आयोजित […]

बागमती प्रदेशमा पोल्ट्री व्यवसायको ६९ प्रतिशत मासु उत्पादनमा योगदान

बागमती– बागमती प्रदेशको मासु उत्पादनमा  पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय अण्डा उत्पादनमा वाग्मती प्रदेशको योगदान ६० प्रतिशत रहेको समेत छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दशैँ पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमका अवसरमा आज हेटौँडामा […]

बन्दिपुरलाई मासु र दूधको ‘हब’ बनाउने तयारी

मंसिर १४, तनहुँ । बन्दिपुर गाउँपालिकाले गाउँपालिकालाई मासु र दूध क्षेत्रमा ‘हब’ बनाउने गरी पशुपालन व्यवसायलाई प्राथामिकता दिएको छ ।  पशुपालन किसानलाई प्रोत्साहन गर्न दूध तथा मासुमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको र पाँच वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्यसहित बन्दिपुर–१ नहालामा पशुपक्षी विकास शाखाको भवन निर्माण गरेर सेवा दिन थालेको छ ।  छलिमाया श्रेष्ठले करीब रू. एक करोड मूल्य बराबरको १९ आना जग्गा निःशुल्कः उपलब्ध गराएपछि नेपाल लाइभस्टक सेक्टर इनोसेसन (एनएलएसआइपी)को सहयोगमा रू. एक करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो । गाउँपालिकाले दूध प्रतिलिटर एक रुपैयाँ अनुदान दिनाका साथै मासु उत्पादनमा पनि प्रोत्साहनका लागि अनुदान दिने तयारी गरेको छ । यस भवनबाट पशुपालन किसानलाई दिइने सेवा, उत्पादन वृद्धि, पशुमा कृत्रिम गर्भाधान, प्रयोगशाला, प्राविधिक सुझाव, घाँसको बिरुवा वितरण र आवश्यक सिफारिस दिन सहज भएको पशुपक्षी विकास शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए । उक्त भवनबाट सेवा प्रवाह गर्न थालेसँगै गाउँपालिकाका व्यावसायिक पशुपालन किसानलाई थप प्रोत्साहन गर्न सहज भएको उनले बताए । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न थालेकाले यसतर्फ उनीहरूकोे आर्कषण बढ्दै गएको हो । रासस

उमेर अनुसार कति खाने मासु ?

मासु प्रोटिनको राम्रो स्रोत हो । १०० ग्राम मासुमा लगभग २५ ग्राम प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त पाइन्छ। मासुले मांसपेसी विकास गर्न मद्दत गर्छ। मासु आइरनको पनि राम्रो स्रोत हो।

सुदूरपश्चिममा स्थानीय उत्पादनको दूध, माछा, मासु र अण्डा अपुग

धनगढी बजारमा दैनिक रुपमा माछा बिक्री विवरण भइरहेपनि स्थानीयस्तरमा उत्पादन भएको माछा बजारमा छैन । सिजनमा स्थानीय स्तारमा उत्पादन भएको ताजा माछा बजार पाइन्छ । तर अहिले भारतका विभिन्न स्थानबाट आयात गरिएका माछा बिक्रीमा छन् ।पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिम प्रदेश दूध, माछा, मासु र अण्डामा अझै पनि आत्मनिर्भर हुन नसकेको हो […]