काठमाण्डाै - माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र महेन्द्र ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयाेगमा दर्ता भएकाे छ । दुवै दललाई निर्वाचन आयाेगले बुधवार बेलुका दर्ता भएकाे प्रमाणपत्र दिएकाे हाे । याेसँगै दुवै दलले औपचारिक मान्यता पाएका छन् । सरकाले जारी गरेकाे राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्याए दल विभाजन गर्न सकिने व्यवस्था छ । बुधवार नै न...