बाढीले झर्नाखोलाको पुल पहुँचमार्ग भत्कियो, स्थानीयलाई आवतजावतमा समस्या

मनसुन सकिएपछि अनपेक्षित रुपमा परेको वर्षाले ल्याएको बाढीले कञ्चनपुरको झर्नाखोलाको पुल पहुँचमार्ग भत्किएको छ ।  बेलडाँडी गाँउपालिका १ सरस्वती माविदेखि दुई कट्टा बस्ती जोड्ने झर्नाखोलामा रहेको कल्र्भट बाढीले पहुँचमार्ग भत्किएको...

सम्बन्धित सामग्री

म्याग्दीका १९ ओटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधुरा

कात्तिक ३०, म्याग्दी । म्याग्दीका १९ ओटा सडक र मोटरेबल पुल  निर्माणसम्बन्धी आयोजना अधुरा रहेका छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ ओटा र संघीय सरकारका आठ ओटा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ ओटा सडक र पाँच ओटा मोटरेबल पुल ढिलासुस्तीले थलिएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन ओटा प्याकेजका सडक र दुई ओटा मोटरेबल पुल निर्माणको काम पनि समयमै पूरा हुन सकेका छैनन् । एक वर्षअघि नै निर्माण सकिनुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा सञ्चालित पोखरेबगर–चित्रे सडकको ६० प्रतिशत र घारखोलाको मोटरेबल पुलको भौतिक प्रगति २२ प्रतिशत छ । विसं २०७७ माघमै सकिनुपर्ने सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको बेनीको मंगलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर दुरीको सडक कालोपत्र गर्ने योजना पनि अधुरो छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनीयर सन्तोष अर्यालले निर्माण व्यवसायीको समस्या, संघबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको प्रक्रियागत ढिलाइ, कोरोना महामारी, पहिरोबाढी र कटानका कारण सडक र पुल निर्माण कार्य प्रभावित भएको बताए । ‘कोरोना र खरीद ऐनको संशोधनका कारण थपिएको सबै आयोजना आगामी चैत महिनामा सकिँदैछ’, उनले भने, ‘अधुरो आयोजनालाई पूर्णता दिन ताकेता र समन्वय गरिरहेका छौँ ।’ पूर्वाधार विकास कार्यालयअन्तर्गत बेनी–दरबाङ सडकको दुई ओटा प्याकेज, रत्नेचौर–बेनी सडकको दुई ओटा प्याकेज, गलेश्वर–भगवती र दरबाङ धारापानी सडक आयोजनाको भौतिक प्रगति अपेक्षाकृत छैन । गत असारमै सकिनुपर्ने भारबाङस्थित म्याग्दी खोला र अर्गलाको मराङखोलाको पुलको दुईतर्फ पिल्लर ठडाएका छन् । छ्यारछ्यारेको म्याग्दी खोलाको पुलको जग मात्र खनिएको छ । दुई वर्षअघि सम्झौता भएको दाङखोलाको पुल निर्माण अझै शुरु भएको छैन । दुई वर्षअघि नै बनेको स्वाँतखोलाको मोटरेबल पुलसम्म पुग्ने पहुँचमार्ग निर्माण नहुँदा प्रयोगमा आउन सकेको छैन । दुई वर्षअघि नै सकिनुपर्ने विसं २०७३ मा शुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको गलेश्वर–नारच्याङ पुल खण्डको ६० प्रतिशत, नारच्याङ पुल–घाँसा खण्डको ६० प्रतिशत र गलेश्वर–राहुघाट खण्डको भौतिक प्रगति ७० प्रतिशत छ । आयोजना प्रमुख जगत प्रजापतिले गलेश्वरस्थित राहुघाट नदीमा निर्माणाधीन ४० मिटर लामो मोटरेबल पुल अन्तिम चरणमा पुगेको बताए । ६६ प्रतिशत भौतिक प्रगति भएको रुप्सेखोलामा निर्माणाधीन ४० मिटर लम्बाइको मोटरेबल पुल बाढीपहिराले क्षतिविक्षत भएपछि पुनः ठेक्का आह्वानको तयारी भएको छ । पोखरेबगर र महभिरस्थित कालीगण्डकी नदीमा हालै पक्की पुल निर्माण गरेको सडक विभागअन्तर्गत पुल महाशाखाले बेगखोलामा पनि पक्की पुल बनाउन ठेक्का प्रक्रिया शुरु गरेको छ । सडक र पुल निर्माणमा भएको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा सास्ती, दूर्घटनाको जोखिम, आयोजनाको लागत र ढुवानी खर्च बढेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले नीतिगत समस्या, नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन र समयमा भुक्तानी नहुनु, विद्युत्का पोल र तार तथा खानेपानीको पाइप व्यवस्थापनमा समन्वयको कमी र सामाजिक समस्याका कारण निर्माणमा असर परेको बताए । जिल्ला प्रशासन कार्यालयले सोमवार बेनीमा आयोजना गरेको सम्बद्ध आयोजना, निर्माण ब्यवसायी, जनप्रतिनिधिको संयुक्त बैठकमा निर्माण व्यवसायीले पूर्वनिर्धारित समय, लागत र गुणस्तरमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले सडक र मोटरेबल पुलमा देखिएको समस्या पहिचान गरी निर्माणमा तीव्रता दिने प्रतिबद्धतापत्र जारी भएको जानकारी दिए । बैठकपछि निर्माण कार्यलाई गति दिन नदीजन्य निर्माण सामग्रीको व्यवस्थापनका लागि जिसस, पालिका र निर्माण व्यवसायीबीच समन्वय गर्ने, खानेपानी र विद्युत्सँग सम्बन्धित समस्या समाधानका लागि समन्वय गर्ने, राजनीतिक र प्रशासनिक नेतृत्वले अनुगमन र सहजीकरण गर्ने निर्णय भएका प्रजिअ रानाले बताए ।  रासस