कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त घाइते

काठमाडौं, पुस १५ । भारतीय विकेटकिपर–ब्याटस्म्यान ऋषभ पन्त कार दुर्घटनामा परेर घाइते भएका छन्। उनी उत्तराखण्डको हरिद्वार जिल्लामा दुर्घटनामा पर्दा सामान्य घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दिल्ली–देहरादुन हाइवेमा पन्त सवार कार डिभाइडरसँग ठोक्किएपछि घाइते भएका ऋषभको रुरकीको एक अस्पतालमा सामान्य उपचारपछि देहरादुन लगिएको छ। दुर्घटनाग्रस्त कार आगलागीबाट पूर्ण रुपमा जेलेको छ ।

सम्बन्धित सामग्री

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा घाइते

भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्त कार एक्सिडेन्टमा घाइते बनेका छन्। २५ वर्षीय स्टार खेलाडी पन्त गम्भीर दुर्घटनाबाट बचेका छन्। पुलिसका अनुसार उनी कार चलाउने क्रममा उंग्न पुगेपछि कार दुर्घटना भएको जनाइएको छ। उनको मर्सिडिज अनियन्त्रित भएर डिभाइडरमा ठोकिन पुगेको थियो। त्यसपछि कारमा आगलागी भएको थियो। एक्सिडेन्टपछि पन्त बल्दै गरेको कारबाट ढोका फोडेर आफै बाहिर निस्किएका […]

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते

काठमाण्डाै – भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त चढेकाे कार दुर्घटना भएकाे छ । उत्तराखण्डकाे प्रदेशकाे रुडकीमा आज शुक्रवार भएकाे कार दुर्घटनामा ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।  समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर पन्तकाे कार उत्तराखण्डकाे रुडकीमा डिभाइडरमा ठाेक्किएकाे हाे । कारमा ऋषभ एक्लै रहेका र आफैँले कार चलाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई उपचारका लागि देहरादूनकाे म्याक्स अस्पतालमा भर्ना गरिएकाे छ ।  दुर्घटनापछि कारमा आगाे लागेकाे र ऋषभ झ्याल फाेडेर बाहिर निस्कि...