भारतीय क्रिकेटर ऋषभ पन्त चढेको कार दुर्घटना, पन्तको देहरादुन अस्पतालमा उपचार हुँदै

नयाँदिल्ली। भारतीय क्रिकेटर क्रषभ पन्त चढेको कार दुर्घटना भएको छ। दिल्ली–देहरादून राजमार्गमा शुक्रबार विहान साढे ५ बजेदेखि ६ बजेको बीचमा कार दुर्घटनामा परेको हो। कार राजमार्गमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटनामा परेको थियो। दुर्घटना हुँदा कारको अगाडिको शीशा फ्ुट्दा उनी बाहिर निस्कएका थिए। दुर्घटना भएलगत्तै कारमा आगो लागेको थियो। दुर्घटनामा घाइते भएका उनको अहिले देहरादुनको म्याक्स अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित सामग्री

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा घाइते

भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्त कार एक्सिडेन्टमा घाइते बनेका छन्। २५ वर्षीय स्टार खेलाडी पन्त गम्भीर दुर्घटनाबाट बचेका छन्। पुलिसका अनुसार उनी कार चलाउने क्रममा उंग्न पुगेपछि कार दुर्घटना भएको जनाइएको छ। उनको मर्सिडिज अनियन्त्रित भएर डिभाइडरमा ठोकिन पुगेको थियो। त्यसपछि कारमा आगलागी भएको थियो। एक्सिडेन्टपछि पन्त बल्दै गरेको कारबाट ढोका फोडेर आफै बाहिर निस्किएका […]

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते

काठमाण्डाै – भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त चढेकाे कार दुर्घटना भएकाे छ । उत्तराखण्डकाे प्रदेशकाे रुडकीमा आज शुक्रवार भएकाे कार दुर्घटनामा ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।  समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर पन्तकाे कार उत्तराखण्डकाे रुडकीमा डिभाइडरमा ठाेक्किएकाे हाे । कारमा ऋषभ एक्लै रहेका र आफैँले कार चलाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई उपचारका लागि देहरादूनकाे म्याक्स अस्पतालमा भर्ना गरिएकाे छ ।  दुर्घटनापछि कारमा आगाे लागेकाे र ऋषभ झ्याल फाेडेर बाहिर निस्कि...