नेपाल प्रहरीका ९८ जना सई इन्सपेक्टरमा बढुवा (नामावलीसहित)

काठमाडौं : नेपाल प्रहरीका ९८  प्रहरी नायव निरीक्षक (सई) निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका छन्। बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सई इन्स्पेक्टरमा  बढुवा भएका हुन्।   इन्स्पेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो। नेपाल प्रहरीमा करिब १६ र १७ वर्ष पुराना सईको इन्स्पेक्टरमा बढुवा भएको हो।यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका सिनियर एसएसपी सौरभ राणालाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो।  

सम्बन्धित सामग्री

१६९ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १६९ जना प्रहरी सहायक निरीक्षक(असई) लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका १६९ जना असईलाई सईमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव जयश्वर रिमालले एक सूचना प्रकाशन गरी जानकारी दिए।

एसपी बुढामगरद्वारा दर्ज्यानी चिन्ह प्रदान

रौतहटका प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित एक समारोहबीच सहकर्मीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत ६ गतेको पत्र अनुसार असईबाट सई पदमा बढुवा भएका  अमिरा साहलाई बुढा मगरले मंगलबार  दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उक्त अवसरमा एसपी बुढामगरले  बढुवा भएका तथा उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक  निर्देशनका साथै बढुवा भएका प्रहरी कर्मचारीहरूको व्

बाटो खुल्यो २१ हजार प्रहरीको बढुवा गर्न

काठमाडौँ । सरकारले नेपाल प्रहरी नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको छ । यससँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको हो । सरकारले मनोबल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको […]

२१ हजार प्रहरीको बढुवा गर्न बाटो खुल्यो

७ चैत, कामाडौं । सरकारले नेपाल प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको छ । यससँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको हो । सरकारले मनोवल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद […]

सईबाट बढुवा भएका ९८ जना इन्सपेक्टरको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी जनपद समुहतर्फ प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृह सचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेर नियुक्ती गरेको थियो । उनिहरुलाई प्रचलित तलब, भत्ता खान पाउने गरी बुधबार बसेको प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनिहरुको पदस्थापन गरिएको कर्मचारी […]