भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसा उग्र बन्दै गएको छ । जनजाति र गैरजनजाति समुदायबीचको हिंसाका कारण पछिल्ला केही दिनदेखि मणिपुर अशान्त रहेकाे बीबीसी हिन्दीले जनाएको छ ।प्रदेश सरकारले हिंसा नियन्त्रण गर्न नसकेपछि केन्द्र सरकारले विभिन्न सुरक्षा बल पठाएको छ । सरकारले मणिपुरमा पाँच दिनका लागि इन्टरनेट बन्द गरेको छ भने आज शुक्रवार र भोलि शनिवार मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् । अवस्था सुधार नभएमा रेल सेवा थप रद्द हुने चेतावनी दिइएको छ ।भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्...