भोलिदेखि ४ दिन रेल सेवा बन्द हुने

जनकपुरधाम- नेपाल रेल्वे कम्पनीले भोलिदेखि चार दिन रेल सेवा बन्द गर्ने भएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १ गतेदेखि ४ गतेसम्म रेल सेवा बन्द गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी बताए। मंसिर ४ गते आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै रेल सेवा बन्द गरिएको र मंसिर ५ […]

सम्बन्धित सामग्री

मंसिरदेखि नयाँ समयतालिका अनुसार रेल सेवा

धनुषा, कार्तिक २९ । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ। भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिका परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए। मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने […]

तीन चरणमा रेल सेवा चल्ने

जनकपुरधाम– जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी मङ्सिर ११, १२ र १३ गतेसम्म रेल सेवा दैनिक तीन सिफ्ट चलाइने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।  विवाह पञ्चमी मेला महोत्सवका लागि आउने धार्मिक तीर्थयात्री […]

चुनावका वेला रेल सेवा बन्द हुने

जनकपुरधाम : मंसिर १ गतेदेखि ४ गतेसम्म कुर्था–जनकपुरधाम–जयनगर रेल सेवा बन्द हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले बुधबार सूचना जारी गर्दै आसन्न निर्वाचनलाई मद्देनजर गर्दै बिहीबारदेखि आइतबारसम्म रेल सेवा बन्द गर्न लागेको जनाएको हो।मंसिर ५ गतेदेखि भने रेल नियमित सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिए। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३४.९ किलोमिटरमा रेल सेवा सञ्चालन छ ।

तीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने

जनकपुरधाम : जयनगर-कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ। कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको…

रेल सेवा विस्तारको तयारीले महोत्तरीमा उत्साह

जयनगर–जनकपुर–कुर्था खण्डमा सञ्चालित रेल सेवा थप विस्तारको कुराले महोत्तरीमा उत्साह छाएको छ । नेपाल रेल्वे कम्पनीले अब एक महिनाभित्रै सेवा महोत्तरीको भङ्गाहासम्म विस्तार गर्ने बताएसँगै यस भेगका सर्वसाधारणमा खुसी छाएको हो ।हालजयनगर–जनकपुर–कुर्था खण्डको ३५ किलोमिटरमा सञ्चालित रेल सेवा अब थप १७ किमीमा विस्तार गरिने कम्पनीले तयारी गरेको हो । धनुषाको अन्तिम स्टेशन कुर्थाबाट अब रेल सेवा महोत्तरी प्रवेश गरेर चाँडै भङ्गाहासम्म विस्तार गरिने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताएपछ

रेल सेवा अध्यादेशकै भरमा

काठमाडौं । सरकारले कानुन निर्माणमा ढिला गर्दा अध्यादेशको भरमा रेल सेवा सञ्चालन हुँदै आएको छ । नेपालको जनकपुरदेखि भारत जयनगरसम्म रेल सञ्चालन हुँदै आए पनि यो सेवा अध्यादेशकै भरमा रहेको छ । भारत हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले गत चैत तेस्रो साता रेल सेवा भर्चुअल माध्यमबाट संयुक्त उदघाटन गरे । सन् […]

दिल्ली–जनकपुरधाम जोड्ने रेल सेवा सुरु

भारतको नयाँ दिल्ली र नेपालको जनकपुरधाम जोड्ने गरी ‘भारत गौरव पर्यटक रेल सेवा’ सुरु गरिएको छ।

नियमित रेल सेवा सुरु हुने भएपछि स्थानीयवासीमा खुसीयाली

धनुषा, १९ चैत । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्नुभएपछि सो रेल सेवा नियमित रुपमा सुरु हुनेछ । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते […]