पोखरा-जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मालाई कारबाही गर्नुपर्ने बताएका छन्। पोखरामा जनता समाजवादी पार्टी नेपाल, गण्डकी कमिटिले आयोजना गरेको सरकार विरोधी कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेकोले उनलाई कारबाही गर्नु पर्र्ने बताएका हुन् ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको […]