प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत (समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धन दलको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ । प्रदेश प्रमुखबाट मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेशसभाको बैठकमा राजीनामा दिएको घोषणा गर्नुभएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्रीमा दावी आव्हान गरेपछि नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राईलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलले …