प्रदेश नं १ को बजेट अधिवेशन आह्वान

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  प्रदेश नं १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन यही जेठ २४ गते दिनको २ बजे का लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए । प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार वैठकको आह्वान गरिएको हो ।

सम्बन्धित सामग्री

प्रदेश नं १ को पहाडी भू–भागमा बदली

काठमाडौँ – प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको […]

प्रदेश नं १ को नाम किराँत राख्न माग

काठमाडौँ – किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ। यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले राससलाई जानकारी दिए। महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो । महाधिवेशनले […]

प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् ।आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ । मुख्य निर्वाचन अधिकृतलाई आफू कार्यरत जिल्लाको एउटा पालिकाको निर्वाचन सम्

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ :  ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् । अध्यक्ष ओलीले भने, ‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेका छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जा

महिला क्रिकेट : प्रदेश नं १ विजयी

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपअन्तर्गत आज भएको आफ्नो अन्तिम खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जीत हासिल गरेको छ ।     कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स ११ लाई २२ रनले पराजित पराजित गर्दै विजयी भएको हो । प्रदेश नं १ यसअघि नै फाइनल यात्राबाट बाहिरिइसकेको थियो । खेलमा १२० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रनमा समेटियो ।

प्रदेश नं १ मा सङ्क्रमण दर घट्दै

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ। सोही अवधिमा १९९ महिलासहित ४२६ कोरोना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश नं १ मा ११ जनामा कोरोना सङ्क्रमण

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार २३० जनाको पिसिआर परीक्षण गर्दा झापामा पाँच, मोरङमा चार र इलाममा दुई जनामा सङ्क्रमण देखिएको छ ।मन्त्रालयका अनुसार झापाको दमक र बाह्रदशीमा दुई÷दुई र शिवसताक्षीमा एक, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा एक÷एक, इलामको चुलाचुली र माईजोगमाईमा एक÷एकजनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आज  आठ महिलासहित १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भन

प्रदेश नं १ र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

हाल  नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।शुक्रबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।शनिबार  देशका प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देख