प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षडयन्त्रमा लागेको टिप्पणी गर्नुभएको छ । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा कामहरू अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरू अत्तालिएको उहाँको भनाई थियो ।