अवैध यौन सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन्। सोनमा गाउँपालिका—७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइबुहारी पर्ने ४५ वर्षीया सैरुल खातुनलाई अवैध सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए। हातखुट्टा बाँधेर कार्यालयको बैठक कोठामा बन्द गरी कुटपिट गरिएको स्थानीयको भनाइ छ।…