सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हारबाट जोगाएका छन् । बुधबार राति पाहुना टोली पीएसजीले लोरियन्टसँग १–१गोलको बराबरीमा रोकिँदै अङ्क बाँडेको हो । लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४० औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । ८६ औँ मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भयो । पीएसजी आएपछि दोस्रो पटक मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड बेहोरे । खेलको इन्जुरी समयमा माउरो इकार्डील