काठमाडौँ अहिले जताततै फोहोरै फोहोरको डुङ्गुरले दुर्गन्धमय बनेको छ । यसमा जिम्मेवार निकायहरू एकले अर्कोलाई जिम्मेवारी पन्छाउँदै आफू पानीमाथिको ओभानो बन्ने प्रयासमा लागेका देखिन्छन् । यसरी जनताको स्वास्थ्यमाथि खेलवाड भइरहँदा पनि खै जनप्रतिनिधिहरूले सक्रियता देखाएको ? गत शनिवार गाईजात्राको समयमा त्यसै पनि फोहोरै फोहोरले भरिएको काठमाडौँमा अरू फोहर थुप्रियो । र, त्यसमाथि पनि एक डेढ घण्टा वर्षा भैदिंदा काठमाडौँका सडकमा डुङ्गा गुडाउने अवस्था सिर्जना भयो । अझ कतिपयले सामाजिक सञ्जालमा पानीजहाज भनी च