मंसिर २, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बिहीवार सामान्य उतारचढाव रहेको छ ।
यो दिन छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको बिहीवारको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी यो दिन चाँदीको मूल्य भने अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।