डम्बर हत्या प्रकरण : थप २ जना पक्राउ

बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । उनले भने, “पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ ।”  पक्राउ परेका दुवैजना स्थानीय विद्यालयका शिक्षकसमेत हु

सम्बन्धित सामग्री

कैलाली युवक हत्या प्रकरण : थप २ जना पक्राउ

कैलालीमा प्रहरीले एक युवकको हत्या गरेको आरोपमा थप २ जनालाई  पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा थप २ जना पक्राउ परेका हुन् ।योसँगै पक्राउ सो घटनामा पर्नेमा ८ जना पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीका आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई जानकारी दिए । ‘८ जनालाई नियन्त्रणमा लिइसकेका छौ भने