सुर्खेत : डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका –१ धो का प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउँछन्। उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रहरूको जानकारी समेत गराउँछन्। वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्या समेत बढ्दै गएको छ। दुई वर्ष पहिले सम्मा यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवा समेत पुगेको छ। पत्रकार तथा अन्य उपल्लो डोल्पा आउन चाहने व्यक्तिहरूले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्र