काठमाडौँ । लगातार बढिरहेको सेयर बजारमा मंगलबार दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक आज १०.७८ अंकले घटेसँगै नेप्से परिसूचक दुई हजार ९३६.६६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १।१ अंकले बढेर ५४७.४६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम साढे ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।