भदौदेखि सुरु हुँदै नर्सिङ तथा मिडवाइफको लाईसेन्स परिक्षा

काठमाडौं। नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षा भदौ १९ गतेदेखि सुरु हुने भएको छ। काउन्सिलले साउन १०गतेदेखि भदौ ७गतेसम्म परीक्षाको लागि अनलाइन फारम भर्नुपर्ने बताएको छ र सोपछि भदौ ८ गतेदेखि भदौ१३गतेसम्म दोब्बर दस्तुरमा फारम भर्न पाइनेछ। पिसिएल वा बिएस्सी नर्सिङ र ब्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थीहरुले मात्र लाईसेन्स प्रमाणपत्रका लागि नाम दर्ता गराउन सक्नेछ।