देउवाको पक्षमा संस्थापन समूह एक ढिक्का

२६ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी सभापतिमा शेरबहादुर देउवाको पक्षमा अभियान थालेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरु शनिबार मध्यबानेश्वरस्थित आनन्द पार्टी भेन्यूमा भेला भएका थिए, जहाँ देउवालाई कसरी जिताउन सकिन्छ भनेर छलफल भएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन भएकै दोस्रो दिन केन्द्रीय सदस्यहरुलाई बोलाएर सभापतिमा […]

सम्बन्धित सामग्री

कांग्रेसको १६ जिल्लामा भइरहेकाे अधिवेशनमध्ये आठ जिल्लामा सभापति चयन

काठमाण्डाै - नेपाली कांग्रेसको पछिल्लो पटक अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् । निर्वाचित ८ मध्ये चार जिल्लामा संस्थापन समूह र चार जिल्लामा शेखर कोइराला समूहका छन् । चितवन, सिन्धुली, बाँके र नवलपुरमा शेखर कोइराला समूहका उम्मेदवार विजयी भएका हुन् । चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा महेन्द्रध्वज जीसी विजयी भएका छन् । यस्तै संस्थापन समूहबाट कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा, पर्सामा जनार्दनसिंह क्षेत्री र महोत्तरीमा नागेश्वर या...

बागमती प्रदेशमा कांग्रेसको दोस्रो चरणको मतदान सुरु

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बागमती प्रदेश अधिवेशनबाट सभापतिको लागि दोस्रो चरणको मतदानसुरु भएको छ । निर्वाचन समितिले बिहान साढे ११ बजेबाट सुरु हुने भनेता पनि विभिन्न समस्याका कारण १ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । मतदान गर्ने समयसिमा साँझ ५ बजेसम्मलाई तोकिएको छ । सभापतिमा संस्थापन समूह इन्द्रबहादुर […]

सुदूरपश्चिममा कांग्रेसको नेतृत्व छान्न यसरी भइरहेको छ मतदान (फोटो फिचर)

धनगढी : सुदूरपश्चिम प्रदेशमा कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। शनिबार धनगढीस्थित निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान सुरु भएको हो।प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा देउवा प्यानल (संस्थापन समूह) बाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको उम्मेदवारी छ। यस्तै इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।यस्तै, संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका

कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशनः खाँण र गिरीबीच ‘बिरासत’ हाँक्ने लडाइँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम लुम्बिनी प्रदेश स्तरीय महाधिवेशन अन्तर्गत शनिबार भैरहवामा मतदान हुँदैछ। संस्थापन समूह र संस्थापन ईतर समूह प्रदेशको नेतृत्व लिनका लागि भरपुर कसरतमा छन्।...

गण्डकी कांग्रेसको सभापतिमा चारजना आकांक्षी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ । प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् ।हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गरी नसके पनि […]

कांग्रेस महाधिवेशन: कर्णालीमा संस्थापन समूह अघि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत कर्णालीका तीन जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएका छन्। जिल्ला अधिवेशन सम्पन्न भएका हुम्ला, कालिकोट र मुगु मध्ये दुई जिल्लामा संस्थापन (शेरबहादुर देउवा) समूह र एक जिल्लामा रामचन्द्र पौडेल समूह विजयी भएको छ।...

कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

कर्णालीका १० मध्ये यसअघि नौ वटा जिल्लाको नेतृत्व गरेको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनमा भने कमजोर देखिएको छ।...

कांग्रेसमा पुराना भत्किंदै, नयाँ गुट बन्दै

२९ भदौ, काठमाडौं । स्थापनाकालदेखि दुई गुटमा विभक्त नेपाली कांग्रेसमा १३ औं महाधिवेशनबाट तेस्रो गुट अस्तित्वमा आयो । १३ औं महाधिवेशन आउनै लाग्दा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन समूह छाडेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बनेका थिए । सभापतिमा विजयी भने संस्थापन इतरका […]

कांग्रेस संस्थापन पक्षका जिल्ला सभापतिको बैठक ललितपुरमा जारी

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह इतर जिल्ला सभापतिहरुको भेला सकिएलगत्तै पार्टी सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरु छलफलमा जुटेका छन् । महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै संस्थापन पक्ष निकट जिल्ला सभापतिहरु बिहीबार बिहानदेखि छलफलमा जुटेका हुन् । बैठकमा सहभागी भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम […]

'शेरबहादुर देउवाले पार्टीलाई नै अलपत्र बनाए'

काठमाडौं : नेपाली कांग्रेसको आगामी महाधिवेशनको लागि नेताहरूको दौडधूप बढेको छ। सभापति सहित पदाधिकारी पदमा आकांक्षी र शीर्ष नेताबीच छलफल र बैठक दिनहुँजसो चलिरहेका छन्। शीर्ष नेताहरूको घरमा नेता कार्यकर्ताको भीड लाग्ने गरेको छ।कोठे बैठक तथा खानपानसहित आयोजना हुने गरेका बैठकमा आगामी महाधिवेशनमा जीत-हारको हिसाबकिताब हुन थालेको छ। महाधिवेशनमा विषेशगरी संस्थापन समूह र संस्थापन इतर समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।संस्थापन समूहमा वर्तमान सभापति शेरबहादुर देउवाले फेरि सभापति बन्ने तयारी गरेका छन्