एजेन्सी। सिरम इन्स्टिच्युट अफ इन्डियाले भ्याक्सिन कारोबार विस्तार गर्न बेलायतमा २४ करोड पाउन्ड लगानी गर्ने भएको छ। बेलायती प्रधानमन्त्री कार्यालयले एक अर्ब पाउन्डको भारत-ब्रिटेन व्यापार संवर्द्धन साझेदारीअन्तर्गत यो घोषणा गरेको हो। यसबाट बेलायतमा साढे ६ हजार नयाँ रोजगारी सिर्जना हुनेछ। भारतको पुणेस्थित सिरम कम्पनीका साथै २० वटा भारतीय कम्पनीले बेलायतमा स्वास्थ्य, बायोटेक तथा सफ्टवेयरमा लगानी गर्ने घोषणा गरेका छन्।