लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको छ । कन्जरभेटिभ पार्टीका लागि भएको चुनावको मतपरिणाम अनुसार ट्रसले ऋषि सुनकलाई हराउनुभएको हो । अब ट्रसले भोलि मङ्गलवार महारानी एलिजाबेथ द्वितीयसँग नयाँ सरकार गठनको निम्तोका लागि भेट गर्नुहुने बीबीसीले जनाएको छ ।
मतपरिणामअनुसार लिज ट्रसले ८० हजार तीन सय २६ र ऋषि सुनकले ६० हजार तीन सय ९९ मत प्राप्त गर्नुभएको छ । विजयी भएपछि ट्रसले मतदातालाई धन्यवाद दिँदै बेलायतको सुखद भविष्यका लागि आफूले काम गर्ने बताउनुभएको छ । उहाँले ब्रेक्जिट, कोरोनाविरुद्धको सशक्त लडाइँ र युक्रेन...