काठमाडौं : सिन्धुपाल्चोक घर भएका मोहन विक्रम बानियाँ रोजगारीको खोजीमा कतार जान तयार भए। देशमा रोजगारीको अवसर नदेखेर कतार जानका लागि बानियाँ म्यानपावर कम्पनीको खोजीमा लागे।सरकारले ‘फ्री भिसा फ्री टिकट’ अन्तर्गत १० हजारमा विदेश जान पाउने बानियाँलाई जानकारी थियो। त्यही रकममा विदेश जानका लागि धेरैवटा म्यानपावर कम्पनी धाए तर १० हजारमा विदेश पठाउने कम्पनी फेला पार्न सकेनन्। सिन्धुपाल्चोकबाट १० हजार रुपैयाँमा कतार उड्न पाउने आशाका साथ काठमाडौँ आएका बानियाँले कतार जा