प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन भएको केही दिन बित्न नपाउँदै सरकार फेरबदलका लागि होटलमा मासुभात खुवाउनेदेखि मन्त्रीको प्रलोभन बाँड्नेसम्मका गतिविधि हुन थालेका छन् ।
प्रदेश सरकारको नेतृत्व हडप्नका लागि विभिन्न मन्त्रालयदेखि होटलसम्मका बन्द कोठामा सांसद तानातान चलिरहेको छ ।
नवगठित नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पक्षका १० जना सांसदलाई अन्यत्र जान नदिन विराटनगरको एक होटलमा कोठा बूक गरी ५ दिनदेखि मासुभात खुवाएर राखिरहेको छ ।
अर्कातर्फ मुख्यमन्त्री भीम आचार्य आफ्नो कार्यालय र निवासबाटै फोन घुमाएर सांसदहरूलाई मन्त्री बनाउ...