नेपाल व्यापार एकीकृत रणनीति आभूषण (एचएसकोड ७११३११, ७११३१९, ७११३२०) निर्यातको विगत्

काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । उक्त रणनीतिमा सूचीकृत वस्तुमा आभूषण पनि पर्छ । आर्थिक वर्ष २००८/०९ मा आभूषण रू. ३९ करोड ३१ लाखको निर्यात भएकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. २१ करोड ५२ लाखमा सीमित भएको छ । निर्यातको यस प्रवृत्तिले आभूषण निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणको खाँचो देखाएको छ ।

सम्बन्धित सामग्री

नेपाल व्यापार एकीकृत रणनीति २०८० मा प्राथमिकता प्राप्त वस्तुको सूची

काठमाडौं । नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । उक्त रणनीतिमा सम्भाव्यता भएका वर्तमान वस्तु, उदीयमान वस्तु र नयाँ तथा भविष्यमा सम्भावना हुन सक्ने वस्तु गरी निर्यात सम्भावना भएका वस्तुको निर्यात प्रवर्द्धन रणनीति अंगीकार गरिएको छ ।

निर्यातलाई जीडीपीको २० प्रतिशत पुुर्‍याउने लक्ष्य

काठमाडौं, फागुन २७ । निर्यात व्यापारलाई कुुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पुुर्‍याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ । जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तुु तथा सेवाको अनुुपात बढाएर २० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नयाँ व्यापार रणनीति तयार गरिएको हो । जीडीपीमा हाल ४८ दशमलव १ प्रतिशत रहेको कुल व्यापार क्षेत्रको […]

नीति कार्यान्वयनको पाटो फितलो देखियो

१२ वर्षअगाडि नेपालको प्रतिस्पर्धी तथा तुलनात्मक लाभका वस्तु तथा सेवालाई निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले तयार गरिएको नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयन हुँदा पनि रणनीतिमा सूचीकृत गरिएका वस्तुको निर्यात बढ्न सकेन । नेपालमा नीति बनाउने कुरामा जति गम्भीरता तथा मेहनत गरिन्छ, त्यसको कार्यान्वयनमा त्यति उत्साहजनक नदेखिनु पुरानै परिपाटी हो । एकपटक नीति बनेपछि समय सान्दर्भिक रूपमा […]

एकीकृत व्यापार रणनीतिको भविष्य

नेपालको प्रतिस्पर्धी तथा तुलनात्मक लाभका वस्तु तथा सेवालाई निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले करिब १२ वर्षअगाडि केही विकास साझेदार तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा तयार गरिएको नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयन हुँदा पनि रणनीतिमा सूचीकृत गरिएका वस्तुको निर्यात बढेन । आफ्ना निर्यातयोग्य वस्तु नपरेकोमा निर्यातकर्ताको विरोधका बीच १२ वर्षअगाडि कार्यान्वयनमा ल्याइएको रणनीति यदि सफल […]

नीति कार्यान्वयनमा उद्योगीको शंका

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गर्न लागेको ‘नेपाल व्यापार एकीकृत रणनीति २०७९’ राज्यको नीति र व्यवहारमा निर्भर हुने सरोकारवालाहरूले बताएका छन् ।अर्थतन्त्रको दिगो विकासका लागि सरकारले संशोधन गर्न लागेको ‘एकीकृत व्यापार रणनीति’ विषयमा सरोकारवालासँग रायसुझाव संकलनका लागि वीरगन्जमा आयोजना गरिएको कार्यक्रममा उद्योगी–व्यवसायीहरुले राज्यको नीति र व्यवहारमा वर्षौंदेखि समस्या रहेकोले कार्यान्वयनमा आशंका रहेको बताएका हुन् […]

एनटीआईएसका वस्तुको सूची परिवर्तन गरिँदै

सरकारले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) अन्तर्गत निर्यातमा प्राथमिकताजन्य वस्तुको नयाँ सूची तयार गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एनटीआईएस कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्न लागेको हो ।मन्त्रालयका अनुसार एनटीआईएसका लागि सरोकारवालासँग गत वर्ष नै सुझाव मागिएको र सोही सुझावमाथि आवश्यक छलफल भइरहेको छ । मन्त्रालयले सूचना जारी गरेर […]

पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुन: पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू गरेको छ । यसअघिका एकीकृत व्यापार रणनीतिहरूलाई समीक्षा गर्ने र आगामी ५ वर्षको व्यापार नीति बनाउन मन्त्रालयले रायसुझाव माग गरेको छ । नेपालको व्यापार क्षेत्रको प्राथमिकताहरू पहिचान गरिँदै सन् २०२२ देखि २०२७ सम्मको व्यापार रणनीति बनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ को कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्ने तयारीअनुसार मन्त्रालयले विभिन्न ७ क्षेत्रसँग सम्बद्ध रहेर सुझाव मा...

पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुन: पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू गरेको छ । यसअघिका एकीकृत व्यापार रणनीतिहरूलाई समीक्षा गर्ने र आगामी ५ वर्षको व्यापार नीति बनाउन मन्त्रालयले रायसुझाव माग गरेको छ । नेपालको व्यापार क्षेत्रको प्राथमिकताहरू पहिचान गरिँदै सन् २०२२ देखि २०२७ सम्मको व्यापार रणनीति बनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ को कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्ने तयारीअनुसार मन्त्रालयले विभिन्न ७ क्षेत्रसँग सम्बद्ध रहेर सुझाव माग गरेको छ । मन्त्रालयले संघीयता, अतिकम विकसित मुलुकबाट स्तरोन्नति, आर्थिक सुशासन, श्रम बजार, समावेशीकरण र गरीबीका लागि बजार, व्यापार लजिस्टिक्स विकास तथा व्यापार सहजीकरण, गुणस्तरीय पूर्वाधारहरू, मापदण्डहरू र कार्यान्वयनजस्ता विकासमा सुझाव माग गरेको छ । यस्तै व्यापार तथा लगानी सहजीकरणका लागि लगानी, वस्तु विकास तथा प्रवर्द्धनमा वस्तु र सेवा व्यापारमा रहेर सुझाव उपलब्ध गराउन मन्त्रालयले सरोकारवालालाई आग्रह गरेको छ । नेपालका निर्यातका सम्भावना भएका वस्तु तथा सेवाहरूको निर्यात प्रवर्द्धन गर्नका लागि रणनीति तयार गरिने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उनका अनुसार बढ्दो व्यापारघाटा कम गर्ने उद्देश्यले नै यो रणनीति तयार गर्न लागिएको छ । यसमा विभिन्न तीनओटा अवधारणापत्र विज्ञहरूले प्रस्तुत गर्ने र निजीक्षेत्रको सल्लाह सुझाव पनि लिइने उनले बताए । सरकारले सन् २००४ देखि यस्ता रणनीतिहरू बनाउँदै आए पनि अपेक्षाअनुसार निर्यातमा फड्को मार्न सकेको छैन । नेपालले निर्यातलाई जोड दिँदै त्यसबेला डाइग्नोस्टिक ट्रेड इनिग्रिटी स्टडिज (डीटीआईएस) बनाएको थियो । त्यसको ६ वर्षमा अर्थात् सन् २०१० मा नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) तयार गरेको थियो भने यसलाई समीक्षा गर्दै सन् २०१६ मा निर्यातयोग्य वस्तुहरूको संख्या घटाउँदै ९ मा झारिएको थियो । अहिले यो नीतिलाई समीक्षा गर्दै र संघीयता र नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख हुँदै गर्दा केके विषयमा ध्यान दिनेजस्ता पक्षलाई लिएर पाँचवर्षे रणनीतिको तयारी गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । अहिले एनटीआईएसमा भएका वस्तुहरूमा अलैंची, अदुवा, चिया, फुटवेयर, जडीबुटी, छालाका उत्पादनहरू, पश्मिना, फेब्रिक र कार्पेट छन् । यीमध्ये कृषिजन्यभित्र पर्ने अदुवा, चिया, अलैंची, जडीबुटीको निर्यातमा मात्रै वृद्धि देखिए पनि अन्य वस्तुको निर्यात औसत रहेको छ ।

एकीकृत व्यापार रणनीति पुनरावलोकन गरिँदै

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्नका लागि सुझाव मागेको छ । मन्त्रालयले सूचना जारी गरेर सम्बन्धित संघसंस्था, सरकारी निकाय एवं सरोकारवालालाई माघसम्म सुझाव पेश गर्न भनेको हो ।सुझाव पठाउँदा नयाँ रणनीतिमा नेपालका निर्यातका सम्भावना भएका के कस्ता वस्तु तथा सेवाहरु समेट्नुपर्छ र त्यस्ता […]

नेपाल र बंगलादेशबीचको व्यापार सम्बन्ध सुधार

नेपालबाट निर्यात हुने प्रमुख मुलुकहरूमा भारत, अमेरिका, बंगलादेश, अफगानिस्तान, जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, टर्की, क्यानडा, जापान र चीन रहेका छन् । नेपालका लागि निर्यातमा महŒवपूर्ण भनी पहिचान भएका र भविष्यमा नेपालको अर्थतन्त्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने वस्तुहरूको रूपमा व्यापार नीति–२०७२, नेपाल व्यापार एकीकृत रणनीति–२०७३ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको निकासी सम्भाव्यता मूल्यांकन अध्ययनमा परेअनुरूप १९ […]