'एमजी विन्डसर'को दशैं लगत्तै बुकिङ खुल्न सक्ने, यस्ता छन् ५ बलिया पक्ष

काठमाडौं । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले भारतमा बनेको विन्डसर इलेक्ट्रीक ‘सीयूभी’ (कम्प्याक्ट यूटिलिटी भेहिकल) दशैं लगत्तै नेपाल ल्याउन सक्ने जनाएको छ । ‘अहिले मूल्य लगायतका विषयमा छलफल भइरहेको छ । चाँडै टुङ्गो लगाएर बुकिङ खुलाउने छौं,’ कम्पनी स्रोतले भन्यो । भारतमा दुई साता अगाडि नै सार्वजनिक भएको विन्डसर नेपाल आउने पारामाउन्ट मोटर्सले यसअघि नै […]

सम्बन्धित सामग्री

दशैं जनजाति विरोधी चाड हो ?

दशैंमा सबैले टीका लगाउनै पर्छ भन्ने छैन । तर यत्तिचाहिँ बुझ्न जरुरी छ कि दशैंको विज्ञान जनजाति विरोधी छैन । दशैंको निहुँमा आर्य–अनार्य भेद गर्न जरुरी छैन । बरु समुदाय बीचको स्वायत्तता र अन्तरसम्बन्धलाई सही ढंगले परिभाषित गर्न जरुरी छ ।

चाडपर्व, अपराध र सावधानी

यतिबेला बडा दशैंको रमझममा छौँ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहारजस्ता चाड विशेष रुपमा र लामो अवधिसम्म पनि मनाइने गरिन्छ । यस्ता चाडपर्वका बेला धेरै जसो विदामा रहने गर्दछन् । विदेश गएका र रोजगार, व्यापार, अध्ययन आदिको क्रममा बाहिरिएकाहरू पनि …

चाडपर्व, अपराध र सावधानी

: यतिबेला बडा दशैंको रमझममा छौँ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहारजस्ता चाड विशेष रुपमा र लामो अवधिसम्म पनि मनाइने गरिन्छ । यस्ता चाडपर्वका बेला धेरै जसो विदामा रहने गर्दछन् । विदेश गएका र रोजगार, व्यापार, अध्ययन आदिको क्रममा बाहिरिएकाहरू […]

दशैं, नयाँ नोट र हाम्रो दायित्व

नेपालको राष्ट्रिय पर्वको रुपमा रहेको दशैं नवरात्रको आरम्भसँगै शुरुवात भएको छ । नेपालीजनलाई हरेकबर्ष मनाईने दशैंको अत्याधिक महत्व त छँदैछ सँगसँगै, यस्ता चाडपर्वमा नयाँ नोटको पनि उत्तिकै महत्व रहने गर्दछ । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि दशैं नजिकिएसँगै देशभरका बैंक तथा वित्तिय संस्थाहरुमा नयाँ नोट साट्नका लागि मानिसहरुको लामो लाईन लागेको दृष्य देखिनथालेको छ । […]

फुडमाण्डुको ‘बडा दशैं बाइट्स’ क्याम्पेन, यस्ता छन् अफर - NepaliPatra

काठमाडौँ। नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ। यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन्। पहिलो अफर अन्तर्गत “बडा दशैं बाइट्स” मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५५ फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ। दोस्रो अफर अन्तर्गत “बडा दशैं कम्बो बाइट्स” […]

वासिङ मेसिन : कुन स्तरीय, मूल्य कति ?

काठमाडौं । दशैं किनमेलको सिजन पनि हो । यसै छेकोमा कतिपयले घरायसी सरसामान जोड्ने गर्छन् । त्यसो त यस्ता सामानका उत्पादकहरुले दशैं–तिहार जस्तो पर्वको अवसरमा विभिन्न छुट अफर ल्याउने गर्छन् । जस्तो कि, वासिङ मेसिन । लुगाफाटो धुने, निचोर्ने र सुकाउने सम्पूर्ण काम अब वासिङ मेसिनले गर्छ । बजारमा अनेकथरी वासिङ मेसिन पाइन्छन् । ब्रान्ड, […]

महँगो दशैं, कमजोर नियमन

मीठो खाने, राम्रो लगाउने चाडको रूपमा पनि दशैंलाई लिइने गरेको छ । आफन्त, मित्रजनबीच भेटघाट, खुशी साटासाट गर्दै रमाइलो गरी मान्ने चाड पनि सबैका लागि दशैं नै भएको छ । जब दशैं नजिकिने गर्छ, तब बजारमा किनबेच गर्ने मानिसहरूको भीड लाग्ने गर्छ । बजारमा खाद्यान्न, जुत्ता, लत्ताकपडा, घरायसी मालवस्तु किनबेच गर्ने मानिसहरूको भीड लाग्ने गर्छ । कोरोनाले देशको अर्थतन्त्रलाई शिथिल बनाए पनि अहिले बजारमा दशैंका लागि उपभोग्य वस्तु किनबेच गर्ने मानिसको संख्या ह्वात्तै बढ्न थालेको छ । तर, बजारमा भने तेल, घिउ, तरकारी, गेडागुडी, चामल, लत्ताकपडा आदिमा मूल्य बढेर आकाशिएको छ । सुकेको तथा हरियो तरकारीको मूल्यमा पहिलेको भन्दा २० रुपैयाँदेखि १ सय रुपैयाँसम्म वृद्धि भएको छ । घिउ, तेलको मूल्यमा पनि पहिलेभन्दा वृद्धि भएको छ । तेलमा वार्षिक प्रतिलिटर ९० रुपैयाँसम्म र गेडागुडीमा पनि वार्षिक १० रुपैयाँदेखि ४० रुपैयाँसम्म वृद्धि भएको नेपाल खुद्रा व्यापार संघको तथ्यांकबाट देखिन्छ । पछिल्लो १० वर्षमा मदिराको मूल्य तीन गुणाले वृद्धि भएको देखिएको छ । लत्ताकपडा, तयारी पोशाकमा समेत २० देखि ५० प्रतिशतसम्म मूल्य बढेको देखिएको छ । नेपाल सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै अहिले सवारी भाडामा २८ प्रतिशतले वृद्धि भएको छ । दशैंमा अधिक उपयोग हुने जिउँदो खसी, बोका, कुखुरा र तिनको मासुको मूल्यमा पनि बढ्ने गरेको छ । पहिले देखि नै दशैंको मौका छोपेर मालवस्तुमा मूल्य वृद्धि गर्ने चलन रहिआएको छ । बजारमा मालवस्तुको मूल्य वृद्धि भएसँगै त्यसको प्रत्यक्ष असर निम्न आय भएका वर्गलाई पर्ने गरेको छ । बजारमा विक्री गरिने मालवस्तुको उचित किसिमले मूल्य निर्धारण गर्नुपर्छ । कुनै मालवस्तुको थोक वा खुद्रा मूल्य निर्धारण गर्दा वस्तुको मूल्य, भाडा रकम, भन्सार महसुल, वस्तु आयात वा उत्पादन गर्दा लाग्ने कानून बमोजिमको कर, दस्तूर वा अन्य उपयुक्त खर्च, डिलर, रिटेलर वा एजेन्टको उचित कमिशन, उत्पादक वा आयातकर्ताको उचित मुनाफाजस्ता विषयमा समेत ध्यान दिनुपर्छ । यसरी बजारमा कुनै पनि मालवस्तुमा भएको निर्धारित मूल्यमा व्यापारीले सामान्यतया २० प्रतिशतसम्म नाफा जोडेर उपभोक्तालाई विक्री गर्न पाउँछ । दशैंको मौका छोपेर बजारमा नाफाखोरी गर्ने, कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गरी विक्री गर्ने प्रबल सम्भावना रहन्छ । कमसल वस्तु पनि महँगो मूल्यमा किन्न उपभोक्तालाई बाध्य बनाएको हुन सक्छ । नेपाल सरकारले मालवस्तुमा निर्धारण गरेको मूल्य भन्दा बढी मुनाफा लिई वस्तु विक्री गर्ने, बजारमा कृत्रिम अभाव सृजना गरी वस्तुको मूल्य वृद्धि गरी बढी मूल्यमा विक्री गर्ने वा गराउने, अनुचित नाफा लिई वस्तु विक्री गर्ने, वस्तु विक्रीमा सिन्डिकेट लगाउनेजस्ता सामाजिक अपराधका घटना पनि हुन सक्छ । यस्ता कालोबजार, नाफाखोरी, जम्माखोरीजस्ता सामाजिक अपराधको कसूर गर्ने व्यक्तिलाई सजाय गर्न मुलुकी अपराध संहिता २०७४, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ रहेको छ । कसैले कुनै उपभोग्य वस्तुको बजारमा कृत्रिम अभाव खडा गरी वस्तुको मूल्य वृद्धि गर्न वा त्यस्तो वस्तु बढी मूल्यमा विक्री गर्न वा गराउन वा त्यस्तो वस्तुको विक्रीबाट अनुचित नाफा लिने उद्देश्यले वस्तु जम्माखोरी गर्न नहुने गरी अपराध संहिताको दफा ११० मा उल्लेख गरेको छ । त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरीवाना हुन्छ । कुनै मालवस्तु उत्पादक, वितरक वा आयातककर्ताले नेपाल सरकारले तोकेको मूल्य भन्दा बढी मूल्य लिई विक्री गरेमा सो मालवस्तुको मूल्य फिर्ता गराई १ वर्षसम्म कैद वा १० लाख रुपैयाँसम्म जरीवाना हुन सक्छ । बजारमा उपभोक्ताले मालवस्तुको मूल्य बारेमा सुसूचित हुन पाउने अधिकार उपभोक्ता संरक्षण ऐन २०७५ ले गरेको छ । यसै ऐनको अधीनमा रहेर नेपाल सरकारले वस्तुको गुणस्तर, मूल्य निर्धारण, आपूर्ति व्यवस्था तथा वस्तुको मूल्यमाथि नियन्त्रण सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्छ । उत्पादक, वितरक वा विक्रेताले वस्तुको मनोमानी ढंगले गरेको मूल्य वृद्धि वा मूल्य निर्धारणलाई नियन्त्रण गर्न सरकारले आवश्यक नियमन गर्न र त्यसका लागि सम्बद्ध मन्त्रालयमार्फत आवश्यक कार्य गर्न सक्छ । बजारमा हुने अनुचित व्यापारिक क्रियाकलाप, मूल्य वृद्धि सम्बन्धमा सरकारले नियन्त्रण गर्न सकेको छैन । यसरी सरकारी संयन्त्र कमजोर भइदिँदा बजारमा मूल्य वृद्धि, कृत्रिम अभाव, गुणस्तरहीन वस्तुहरूले प्रवेश पाउने गर्छन् । यस्ता कार्यले बजारमा उपभोक्ताहरू ठगिन पुग्छन् । त्यसैले बजारमा हुने विकृतिलाई रोक्न सशक्त नियमन प्रणालीको विकास हुनुपर्छ । बजारमा उपभोक्ता ठगिन नदिन स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट मालवस्तुको किनबेच गर्ने, गराउने कार्यको थालनी हुनुपर्छ । यसका लागि उपभोक्ता हकहितसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकाय तथा उपभोक्तावादी संघसंस्थाको भूमिका महत्त्वपूर्ण हुनुपर्छ । उपभोक्ता पनि बजारमा हुने अनावश्यक चलखेल, मूल्य वृद्धि एवम् अनुचित व्यापारिक क्रियाकलापप्रति सचेत भइदिने हो भने उपभोक्ताको अधिकार संरक्षित हुन पाउँछ । बढ्दो महँगीले गर्दा वर्षेनि दशैंको खुशीयाली समेत महँँदै गएको छ । सम्पन्न होस् या विपन्न, सबै वर्गले दशैंका लागि खाद्यान्न, लत्ताकपडा, मासु आदिमा आप्mनो आर्थिक हैसियतअनुसार खर्च गर्न तयार रहेको हुन्छ । यसैको मौका छोपेर व्यापारी, व्यवसायीहरू प्रशस्त आम्दानीको लागि वस्तुको मूल्य वृद्धि गरी विक्री गर्न तम्सिएको हुन्छ । आर्थिक रूपले सम्पन्न व्यक्तिलाई महँगीले खासै फरक नपारे पनि निम्न तथा मध्यम आय भएका वर्गलाई दशैंले ऋण नबोकाउला भन्न सकिँदैन । ‘दशैंजस्तो चाडपर्वको मौकामा बजारमा हुने मालवस्तुको अधिक मूल्य वृद्धिको अवस्थामा पनि सबैका लागि दशैं सुखदायी बनोस् । कोरोना संक्रमणको जटिलतालाई पनि ध्यानमा राखी आप्mनो आर्थिक हैसियतअनुसार सबै नेपालीले स्वस्थ भई दशैं मान्न सकून् । लेखक अधिवक्ता हुन् ।

दशैंतिहार लक्षित यस्ता छन् नयाँ गीतहरु

आजदेखि दशैँ सुरु भएको छ। गत वर्ष कोरोनाका कारण केही प्रभावित भएको दशैंको जमघट यसपटक भने फेरि पुरानै लयमा फर्किँदैछ। सँगै दशैं तिहार लक्षित नयाँ गीतहरु समेत सार्वजनिक भएका छन्। असोज ६ गते सपना म्युजिक इन्डष्ट्रिज मार्फत दशैँतिहार विशेष गीत सार्वजनिक भएको छ। गीतको बोल हो ‘दशैं तिहार आइसक्यो’।विष्णु माझीकै श्रीमान…

पारवहनमा चिनियाँ पक्षको ज्यादती, नेपालसम्म सामान ल्याउनै कठिन

उत्तरी छिमेकी चीनतर्फको नाका नेपालका लागि थप असहज महसुस हुँदै गएको छ । पछिल्लो समय नाका आंशिक मात्र खुलाए पनि नेपालीहरूको सबैभन्दा ठूला चाड दसैँतिहारकै मुखमा चिनियाँ विचौलियहरुले व्यापारमा अवरोध गरिरहेका छन् । तर, यस्ता विचौलिया नियन्त्रण गर्नतर्फ चीनको सरकारी पक्षले कुनै तदारुकता देखाएको छैन । चीनबाट नेपालतर्फ ल्याउन मालसामान लोड गरिएका कन्टेनरलाई रसुवागढीसम्म व्यवस्थापन गर्ने नाममा स्थानीय चिनियाँ अवरोध गरिरहेका छन् । यतिखेर दशैं तिहारकै लागि मालसामान लोड गर्न रसुवागढी–केरूङ नाका पु

स्मार्ट डोकोका दशैं अफर, यस्ता छन् विशेषता

स्मार्ट डोको ई–कमर्श एपले दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । अफर अन्तर्गत ग्राहकले विभिन्न बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा छुट पाउने छन् ।ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु ७५० सम्म०, बैंक अफ काठमाण्डौंको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु १५०० सम्म० र माछापुछ«े बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक ९रु २१० सम्म० पाउनेछन् ।यो दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्नेछन् । स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक निम्नानुसारका अन्य उपहारहरु पनि जित्न सक्नेछन् । १) डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर२) क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर३) पोको किड्स गिफ्ट भाउचर४) बेबी ट्रि गिफ्ट भाउचर५) इनर्जाइजर पावर बैंक६) गोल्डस्टार G10 जुत्ता७) WEIDE men’s जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच स्मार्टडोकोले यस स्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत व्यवस्था गरिएको छ । ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेवसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्नेछन् । स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यहाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुलकमा समान डेलिभरीको सुविधा पाउन सक्नेछन् । यो अफर असोज १४ देखि असोज २१ सम्म लागू हुनेछ ।