आलु महोत्सव सुरु

कास्की । कास्कीको हेमजामा आइतबार(आज)देखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाँऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरेको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई […]

सम्बन्धित सामग्री

सकियो आलु महोत्सव

आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका-२५ हेम्जामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ । गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको हो ।

साढे तीस लाखको आलु बिक्री गर्दै सकियो महोत्सव

पोखरा । आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ । गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको । महोत्सवस्थलबाट कुल ७६ हजार छ सय ४३ किलो आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका […]

महोत्सव स्थलबाटै ८० टन आलु बिक्री

महोत्सव सुरु भएको सातै दिनसम्म हेमजामा आलु किन्न सर्वसाधारणको भीड लाग्यो। आलु उत्पादनको पकेट क्षेत्र कास्कीको हेमजामा वर्षेनी आलु महोत्सव हुदैं आएको छ। दैनिक भान्सामा प्रयोगमा आउने आलु किन्न सर्वसाधारण महोत्सव स्थलै पुगे।...

महोत्सवमा ३० टनको आलुको पहाड

पोखरा २५ हेमजा खाद्य पदार्थ आलुको नामले परिचित भएको छ । विगत एक दशक भन्दा अघिदेखि हेमजामा उत्पादित आलुको बजारीकरणसँगै आलुको प्रवर्द्धन र प्रचार प्रसार गर्न आलु महोत्सव हुँदै आएको छ । आइतबारदेखि सुरु भएको महोत्सवमा करिब ३० टनको आलुको पहाड बनाइएको आयोजक विष्णुपादुका क्लवले जनाएको छ । स्थानीय किसानको घर तथा फार्मबाट क्लवले हाल […]

पोखरामा ‘आलु महोत्सव’

काठमाडौँ – एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ। पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ। कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ । व्यावसायिक […]

हेम्जामा आलु महोत्सव सुरु

‘सुन्दर ठाउँ हेम्जा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ नाराका साथ हेम्जामा आइतबारदेखि आलु महोत्सव सुरु भएको छ । विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिँदै अबको बजेट किसानमुखी बनाउन पहल भइरहेको पनि उल्लेख गर्नुभयो ।

पोखरामा आलु महोत्सव सुरु

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कृषिबाटै आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् । बिहीबारदेखि पोखराको हेमजामा सुरु भएको नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ को उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश नम्बर ४ मा पर्यटन, जलविद्युत्का साथमा कृषिको समेत अथाक सम्भावना भएको उल्लेख गर्दै कृषिबाट पनि आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।