युरोपेली मुलुक लाट्भियामा पाँच हजार वर्ष पुरानो मानव खप्पर फेला परेको छ । त्यस खप्परमा प्लेगका ब्याक्टेरिया पाइएका छन् ।
प्लेगको सबभन्दा आरम्भिक स्ट्रेन येरसिनियाको प्रमाण फेला पर्नु ठूलो वैज्ञानिक उपलब्धि मानिएको छ ।
एक पुरुष शिकारीको खप्परमा भेटिएको येरसिनिया ब्याक्टेरियालाई आरभी २०३९ नाम दिइएको छ । लाट्भियाको रन्नुकलान्स भन्ने ठाउँमा यो खप्पर पाइएको हो ।
ब्याक्टेरियाको जेनेटिक विश्लेषण गर्दा प्लेगको यो स्ट्रेन संक्रामक र ज्यानमारा नरहेको पाइएको छ । मध्ययुगमा फैलिएको ब्युबोनिक प्लेगको तुलनामा यो शक्त...