नेपाल दलित मुक्ति मोर्चाले संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि राजधानी काठमाडौंमा डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत–विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेको समयमा मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।मोर्चाले विज्ञप्ति जारी गर्दै नेपाल सरकार