बर्दघाट सुस्ता पश्चिम – पश्चिम नवलपरासीको विकट सुस्ता गाउँ भौगोलिक हिसाबले विकट मात्र छैन, शैक्षिक सुविधाको अवसरबाट पनि वञ्चित रहेको छ । यहाँका धेरैजसो बालबालिकाले माध्यमिक कक्षासम्म पढ्न पाएका छैनन् । तीनतिरबाट नारायणी नदी र एकातर्फ भारतको विहार राज्यबाट घेरिएको छ । सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता गाउँमा नेपालको बाटो भएर आवतजावत गर्ने एक मात्र माध्यम नारायणी नदीमा जोखिमपूर्ण डुङ्गाबाट पार गर्नुपर्छ । यसबाहेक नारायणी नदीमा भारतले बनाएको बाँध माथिको पुल तरेर भारतीय भूमि हुँदै सुस्ता आवतजावत गर्ने अर्को कठि...
ललितपुरको जावलाखेलस्थित लाइफलाइन हेल्थ होम केयरले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा उनले पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने गरी कार्ययोजना बनाएर सुरु गरेको अभियान निरन्तर जारी रहेको बताए।
काठमाडौँ,१० फागुन । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम समयमै भुक्तानी नदिँदा बीमा कार्यान्वयनमा नआएको हो । बीमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बीमा सुविधा उपभोगबाट भने वञ्चित छन् । गाउँपालिकाले पहिलो चरणको रु ६४ […]
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाकाे गृह जिल्ला डडेल्धुराका जनता आधारभूत सेवा सुविधाबाट समेत वञ्चित भएका छन । ३ दशकदेखि बाटो नखुल्दा डडेल्धुराको अन्तिम बस्तीका जनता आधारभूत सेवा सुविधाबाट वञ्चित भएका हुन् । सडक, शिक्षा, स्वास्थ्य अस्पताल, बजार र यातायात जस्ता अत्यावश्यक सुविधा नपाउँदा समस्या भोग्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् । ३ दशकदेखि बाटो नखुल्दा […]
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरमा शिविर बनाएर दुई दशकदेखि बस्दै आएका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित भएका छन् । खानेपानी, औषधोपचार, शिक्षा लगायतका सेवाबाट शिविरका बासिन्दा वञ्चित भएका हुन् ।
निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका ९२ परिवार शिविरमा झोपडी बनाई बस्दै आएका छन् । साविकको पिपलाडी गाउँपालिका–१ र २ बाट अधिकांश परिवार विस्थापनमा परेका हुन् ।
स्थानीय तहको पुनः संरचनापछि पिपलाडी गाविस शुक्लाफाँटा नगरपालिकामा समाहित गरिएपछि निकुञ्जमा शिविर बनाएर बस्दै आएका बासिन्दाले स्थानीय तहबाट पाउने सेवासुविधा पाउन छाडेका छन् ।
स्थानीय तहमा बसाइँसराइ, जन्मदर्ता, विवाह दर्तालगायतका प्रक्रियाबाट समेत वञ्चित गरिँदै आएका निकुञ्जमा शिविर बनाएर बस्दै आएका बासिन्दाको भनाइ रहेको छ । नयाँ नागरिकता बनाउनसमेत नपाइएको शिविरका बासिन्दाको गुनासो छ ।
‘आफनै देशमा शरणार्थीको जस्तो जीवन बिताउँदै आएका छौँ,’ नरबहादुर विष्टले भने, ‘बिरामी परेँ अधिकांश परिवारसँग उपचार गर्ने पैसा हुँदैन । रोग पालेर झोपडीमै पीडा सहेर बस्नुपर्ने अवस्था छ ।’ परिवारको खर्च धान्नका लागि युवा भारततर्फ लाग्ने भएकाले शिविरमा बूढापाका र महिला मात्रै रहने गरेका छन् । शिविरमा कोही बिरामी परे स्वास्थ्यचौकी पुर्याउनसमेत सकिने अवस्था नरहेको उनले बताए ।
‘शिविर नजिकैको बस्तीमा गतवर्ष नगरपालिकाले झुल बाँड्यो,’ नरिभान ढुङ्गालले भने, ‘शिविरका बासिन्दाले समेत झुलको माग गर्यौं । अवैध बस्तीका बासिन्दाको आरोप लगाउँदै झुल नै दिइएन । गर्मीको मौसम शुरू हुनै लाग्दा लामखुट्टेका कारण झोपडीमा सुत्नै सकिदैन ।’
निकुञ्जकै केही जग्गामा बसोबास गर्दै आएका बासिन्दाले खेतीसमेत गर्दै आएका छन् । बेमौसमी वर्षाका कारण निकुञ्जमा बासोबास गर्दै आएका बासिन्दाले धानखेतीमा क्षति ब्यहोरेका छन् ।
‘शुक्लाफाँटा नगरपालिकाले नगर क्षेत्रभित्रका क्षति पुगेका किसानको क्षतिपूर्तिका लागि लगत लिने कार्य गरेपनि शिविरका बासिन्दाको छुट्टै लगत लिएर फायल थन्क्याउने कार्य गरेको छ,’ लक्ष्मण साउदले भने । रासस
सरकारले रुग्ण उद्योगका लागि विभिन्न सहुलियतका कार्यक्रम अघि सारे पनि त्यस्ता उद्योगले लाभ लिन सकेका छैनन् । उद्योगहरुले रुग्ण हुनुको विश्वासिलो आधार पेश गर्न नसक्दा पाउनुपर्ने सुविधाबाट वञ्चित भएका हुन् ।रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान तथा पुनर्निर्माणका लागि गठित समितिले समेत त्यस्ता उद्योगलाई कुनै सुविधाको सिफारिस गर्न सकेको छैन । कानुनअनुसार समितिको सिफारिसमा उद्योग वाणिज्य […]