म्याग्दी – मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नति गरिने भएको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि दैनिक साढे छ घण्टा सडक बन्द गर्न लागिएको हो ।
सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन आज (शुक्रवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको वैठकले बेनी–गलेश्वर खण्डमा गाडी सञ्चालन गर्ने र बन्द हुने समय तालिका बनाएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला समन्वय समित...