सत्तारुढ दल बोलेन, प्रचण्ड- माधव समूहले भन्यो : १७ वर्षीया किशोरीको हत्या, राज्यसंयन्त्र असफल

काठमाडौं : प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले राज्यले आम नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको छ। प्रचण्ड-माधव समूहले शनिवार विज्ञप्ति जारी गर्दै बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टको हत्यालाई लिएर सरकारले आम मानिसलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको हो।…