राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई उनको गृह जिल्ला धनकुटामा नेकपा एमाले जिल्ला कमिटी र प्रेस चौतारी जिल्ला शाखाले संयुक्त रुपमा सम्मान गरेको छ।...
काठमाडौँ, ६ फागुन । राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठानद्वारा आज आयोजित प्रतियोगितामा ओमप्रकाश बोहोरा नेतृत्वको टोली प्रथम भएको छ । प्रथम हुने टोलीमा शशिधर अधिकारी र सन्तोष अरङ्गह्वा थारु थिए । प्रतियोगितामा भीष्मराज ओझा नेतृत्वको टोली दोस्रो भएको थियो । उक्त टोलीमा […]
मुलुकको एक मात्र समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यलयमा शुक्रबार आयोजना गरेको समाचार सेवाको गुणस्तर र प्रभावकारीता अर्धवार्षिक अन्तरक्रियामा सहभागीहरु । तस्बिर हरिराम भेटुवाल/रासस
काठमाडाैँ – वर्षौदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत पेशागत संघसंगठनले शुक्रवार रासस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवी पत्रकारविरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायीर करार र ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत […]
वर्षौदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत पेशागत संघसंगठनले शुक्रवार रासस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवी पत्रकारविरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायी/ करार/ ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरूको सहभागितामा राससमा धर्ना दिइएको हो ।धर्नापछि आयोजित विरोध सभ
प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ । प्रधानमन्त्री देउवाले रासस केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा ताम्रपत्र अनावरण एवं रिबन काटेर भवन उद्घाटन गर्नुभएको हो । विसं २०७२ को विनासकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाख …
प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकाली स्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ ।प्रधानमन्त्री देउवाले रासस केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा ताम्रपत्र अनावरण एवं रिबन काटेर भवन उद्घाटन गरेका हुन् । विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाख १५२ को लागतमा निर्माण सम्पन्न भएको हो । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञ
काठमाडौँ,१ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस)को श्रव्यदृष्य (भिडियो) सेवाको आज शुभारम्भ गरेका छन् । रासस केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोमा रिबन काटेर मन्त्री कार्कीले सो स्टुडियो र सेवा शुभारम्भ गरेको हो । विसं २०१८ फागुन ७ गतेदेखि राज्यको एकमात्र समाचार समितिका रुपमा अविच्छिन्नरुपमा सेवारत राससको श्रव्यदृष्य सेवा शुभारम्भका अवसरमा […]
मुलुकको सबभन्दा ठूलो र आधिकारिक समाचार सेवा प्रदायक निका राष्ट्रिय समाचार समिति (रासस)को शनिबार आयोजित ६१औं वार्षिकोत्सव समारोहमा सहभागीहरु । तस्वीर नवीन पौडेल, रासस
काठमाडौं : राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजेशप्रसाद पोखरेललाई नियुक्त गरिएको छ।रासस ऐन, २०१९ को दफा (ग) बमोजिम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही २०७८ पुस १४ गतेको निर्णयबाट पोखरेललाई रासस सञ्चालक सदस्यमा नियुक्त गरिएको हो।विसं २०२८ कात्तिक २७ गते खोटाङमा जन्मिएका पोखरेल २०५२ मा निजामती सेवामा प्रवेश गरेका थिए। रासस ऐन, २०१९ मा राससको सञ्चालक समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रतिनिधित्व रहने गरी एक जना सञ्चा