२३ पुस, काठमाडौं । एनआईसी एसिया बैंकको १६ लाख रुपैयाँ लुटिएको घटनामा कर्मचारीकै संलग्नता देखिएको छ । कर्मचारीको संलग्नता देखिएपछि प्रहरीले एनआईसी एसिया बैंकको बानेश्वर शाखाका कलेक्टर प्रदीप खत्रीसहित ४ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार खत्रीकै योजना र अन्यको मिलेमतोमा बैंकको पैसा लुटिएको अनुसन्धानका क्रममा खुलेको छ […]