नेपाललाई दैनिक १ करोड युनिट विद्युत बेच्ने भारतमै दैनिक ८ घन्टा लोडशेडिङ, नेपालमा के होला ?

नयाँ दिल्ली (भारत) । कोइलाको चरम अभाव भएपछि बिहिबार भारतका कयौं स्थानमा ८ घण्टासम्म बिजुली काटिएको छ । यसले एशियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा कोइला अभावले नयाँ ऊर्जा संकट उत्पन्न गराउने हो कि भन्ने भय बढेको छ ।  नेपालमा अहिले पनि भारतीय बिजुली बिना २४ घण्टा विद्युत आपूर्ति गर्न सकिन्न । केही समय अघि भारतमा बिजुलीको मूल्य बढेर ३८ रुपैयाँसम्म पुग्दा नेेपालले बिड गरेर पनि बिजुली पाएको थिएन । त्यतिबेला औद्योगिक क्षेत्रमा केही समय आपूर्ति रोकिएको थियो । अहिले भारतमा ८ घण्टासम्म लोडसेडिङ शुरु हुँदा नेपालमा पनि यसको प्रभाव पर्ने पक्का छ । भारतले नेपाललाई बिजुली नदिए अहिले पनि औद्योगिक क्षेत्रको आपूर्ति रोक्नुपर्ने अवस्था छ । नेपालले अहिले भारतबाट दैनिक एक करोड युनिट विद्युत ऊर्जा आयात गरिरहेको छ । यो भनेको कुल विद्युत मागको एक तिहाई हाराहारी हो । नेपालमा अहिले ३ करोड २१ लाख युनिट विद्युत माग रहेको छ । विद्युत प्राधिकरण, सहायक कम्पनी र निजी क्षेत्रका आयोजनाबाट २ करोड युनिट भन्दा बढी विद्युत आपूर्ति भइरहेको छ । लोडशेडिङ भएपछि महँगोमा इन्भर्टर खरीद गर्दै भारतीय अहिले भारतमा सहिनसक्नुको गर्मी छ । उखर्माउलो गर्मीबीच बिजुलीको माग बढेको छ । पञ्जाब,  उत्तर प्रदेश र आन्ध्र प्रदेशसमेत देशभरका कयौं स्थानमा बिजुलीको उच्च माग छ । तर माग बढेकै भएपनि कोइलाको चरम अभावबीच बिजुली उत्पादन घट्दा माग धान्न नसकेर केही स्थानमा ८ घन्टासम्म बिजुलीको आपूर्ति बन्द भएको छ । उपभोक्ताहरु गर्मी खप्न वा बिजुलीको महँगो ब्याक–अप विकल्प खोज्न बाध्य बनेका छन् ।  हुन त भारतमा बेला बेलामा बिजुली जान्छ । यो नौलो कुरा होइन । तर पछिल्लो अवस्थाले ऊर्जा संकट नजिकिँदै गइरहेको हो कि भन्ने संकेत गरेको छ । कोरोना भाइरसको महामारीका कारण सुस्ताएको भारतीय अर्थतन्त्र विस्तारै पुनःबहाल हुने क्रममा रहेको छ । भारतले ७० प्रतिशत बिजुली उत्पादन कोइलाबाट गर्ने गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व बजारमा इन्धन महँगो भएको छ । इन्धनको मूल्य वृद्धि रोक्न सरकार अहिले संघर्षरत् छ । यस्तोमा बिजुली अभावले समस्या झनै बढाएको छ । धातु, फलाम र सिमेन्ट लगायत वस्तु उत्पादक साना ठूला सबै व्यवसायहरुको ऊर्जामा अहिले खर्च बढेको छ । कोइला अभाव जारी रहिरह्यो भने यसले भारतको औद्योगिक उत्पादनमा दबाब दिने र मुद्रास्फीतिको अर्को झड्का उत्पन्न हुन सक्ने चेतावनी नोमुरा होल्डिङ्स इंकले दिएको छ ।  पछिल्लो समय आर्थिक गतिविधिहरु विस्तारै बढ्दै गइरहेको अनि बिजुलीको माग गर्मीमा उत्कर्षमा पुग्ने समय भएकोले पनि माग र आपूर्तिबीच तालमेल नमिल्दा घन्टौ लोडशेडिङ हुने अवस्था छ । देशका कयौं क्षेत्रमा तापक्रम बढेको छ । नयाँ दिल्लीमा अप्रिल २० मा तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस पुगेको मौसम विभागले बताएको थियो । यो पाँच वर्षयताकै उच्च हो । 

सम्बन्धित सामग्री

‘नेपालमा विदेशीले पार्टी खोलिसके’

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अन्तर्राष्ट्रिय चलखेल बढेको बताएका छन्। नेपालमा चलखेल गर्न विदेशीले पार्टी खोलिसकेको उनले बताए।...

चीनका पाँच दर्जन लगानीकर्ता नेपालमा

नेपालमा लगानीका अवसरको सम्भावना अध्ययन गर्न करिब पाँच दर्जन चिनियाँ उद्योगी नेपालमा आएका छन्। विभिन्न ४७ वटा चिनियाँ कम्पनीमा आवद्ध लगानीकर्ता यहाँ आएका हुन्।...

नेपालमा बाल मृत्युदर घट्यो

काठमाडौँ- नेपालमा पाँच वर्षको अविधिमा बाल मृत्युदर घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ मा नेपालमा पाँच वर्षमा बाल मृत्युदर घटेको पाइएको हो । सर्वेक्षणअनुसार नेपालमा ३३ प्रति हजार बालमृत्युदर रहेको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा ३९ प्रति हजार बालमृत्युदर रहेको थियो । नेपालमा सन् […]

नेपालमा बाघ कति होलान् ?

नेपालमा बाघको संख्या तीन सय ५५ पुगेको छ । गत १९ मंसिरदेखि २८ फागुनसम्म गरिएको गणनाअनुसार नेपालमा बाघको संख्या तीन सय ५५ रहेको पाइएको हो ।  अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आज...

नेपालमा मनसुन प्रवेश गर्दै

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

नेपालमा पहिलो पटक गधा दिवस

काठमाडौं । आज मे ८ अर्थात् विश्व गधा दिवस । ‘गधालाई पनि मानव मजदूर सरह व्यवहार गरौँ, आवाजविहीनहरुप्रति न्याय गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि पहिलो पटक यो दिवस मनाइएको छ । केही वर्षअघि इजिप्टबाट सुरु भएको यो दिवस नेपालमा भने यस वर्षदेखि मनाउन थालिएको हो । नेपालमा पशु अधिकारवादी संस्था एनिमल नेपालले यसको सुरुवात […]

नेपालमा लगानीका लागि आह्वान

अर्थमन्त्री जनार्दन शर्माले निर्धक्क भएर नेपालमा लगानीका लागि आह्वान गरेका छन्।

नेपालमा ओमिक्रोन भेरियन्ट : अब के गर्ने

काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित देखिइसकेका छन्।दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएको १२ दिनपछि नेपालमा पनि भेटिएको पुष्टि भएको हो। हालसम्म यो भेरियन्ट संसारका ४० वटाभन्दा वढी देशमा देखिइसकेको छ।विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ।डेल्टा भेरियन्टले दोस्रो लहरमा धेरै क्षति पुर्‍याएको नेपालमा पछिल्लो समय कोरोनाविरुद्धको खोप र अन्य कारणले संक्रमण कम हुँदै गएको थियो। जसले गर्दा जनजीवन सा

नेपालमा सबैभन्दा धेरै विदेशी लगानी भारतबाट

नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । भारतबाट नेपालमा ६५ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो ।यो रकम नेपालमा लगानी गरेका अन्य मुलुकको भन्दा धेरै बढी हो । नेपालमा लगानी गर्ने दोस्रो स्थानमा रहेको उत्तरी छिमेकी मुलुक चीनको भन्दा पनि दुई गुणाभन्दा बढी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । चीनबाट हालसम्म नेपालमा ३० अर्ब ९७ करोड रुपैयाँ विदे

नेपालमा मोटोरोलाको पुनरागमन

आफ्नो ‘जि’ र ‘इ’ वर्गबाट दुईवटा नयाँ विश्वव्यापी उत्पादनहरूका साथ मोटोरोलाले नेपालमा पुनरागमनको घोषणा गरेको छ ।  कलमोबिलिटी प्रा.लिले मोटोरोलालाई नेपालमा ल्याएको हो ।  सन् २००७ मा, कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो । नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब«याण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहि रह्यो । मोटोरोलाले कलमोबिलिटीको समूहसँग सहकार्य गरेर यो आक...