सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढ्यो

काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा प्रतिवादी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा आज संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहित ५ जनाको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो।  २०६२ वैशाख १६ गते तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले अर्जुन लामाको अपहरण गरी हत्या गरेका थिए । उक्त घटनामा हालका सभामुख सापकोटासहित पूर्व सहायक ऊर्जा मन्त्री सूर्यमान दोङ लगायतको प्रत्यक्ष संलग्नता रहेको...

सम्बन्धित सामग्री

पाँच महिनापछि संवैधानिक इजलास, ६ मुद्दाको पेशी

काठमाडौं : सर्वोच्च अदालतमा पाँच महिनापछि आज संवैधानिक इजलास गठन भएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठ न्यायाधीशहरु समेटेर इजलास गठन भएको हो। इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। इजलासमा ६ वटा मुद्दा पेशी चढेको छ। संवैधानिक इजलास भने गोला प्रक्रियाबिनै गठन भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सहकर्मी न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन सुरु गरेपछि गत अ

गहिरिँदै न्यायालयको संकट, न्यायाधीशहरूको विरोधका बीच राणाले तोके ११ इजलास

न्यायाधीशहरूको अवज्ञाका कारण सोमवार र मंगलवार सर्वोच्च अदालतमा कुनै मुद्दाको सुनुवाइ नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधवारका लागि पेशी तोकेका छन् ।  जबराले आफ्नो छुट्टै इजलास गठन गरेका छन् भने संवैधानिक इजलास पनि राखेका छन् ।  वरिष्ठतम् न्यायाधीश दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरलाल श्रेष्ठ सम्मिलित संवैधानिक इजलासमा गणेश हमालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध दायर गरेको रिटको निर्णय सुनाउने (निसु) छ । जबराको एकल इजलासमा केही बन्दी प्रत्यक्षीकरणका मुद्दा छन् ।  ...

संवैधानिक इजलासमा किन टुट्यो न्यायाधीशहरुको बरिष्ठताक्रम ?

२२ साउन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा टुंग्याएपछि बस्न नसकेको सर्वोच्च अदालतको संवैधानिक इजलासको शुक्रबार पेशी राखिएको छ । वरिष्ठताक्रम अनुसार न्यायाधीश छनौट गर्ने प्रतिवद्धता जनाएका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले बरिष्ठताक्रममा दुई न्यायाधीश छाडेर थप न्यायाधीश सहित इजलास गठन गरेका छन् । प्रतिनिधिसभाको दोस्रो विघटनको समयमा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा जबराले अब संवैधानिक इजलास […]

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्चका चार सम्भावना

२१ असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । सोमबार ‘एमिकस क्युरी’ (अदालतका सहयोगी) को राय सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पेशी असार २८ गतेलाई हेर्दाहेर्दैमा राखेका छन् । अब संवैधानिक इजलास असार २८ गते बस्छ र सम्भवतः त्यही दिन फैसला आउँछ वा फैसलाको अर्को मिति तोक्न पनि सक्छ । […]

विघटनसम्बन्धी मुद्दा हेर्न तोकियो संवैधानिक इजलास

प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले पाँच सदस्यीय संवैधानिक इजलास तोक्नु भएको छ । सो इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, डा. आनन्दमोहन भट्टराई,तेजबहाजुर केसी, बम कुमार श्रेष्ठ न्यायाधीशहरू रहनु भएको सर्वोच्चर अदालतले आज जारी गरेको पेशी सूचीमा उल्लेख्ख छ ।