नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले पार्टीमा सम्मानजनक एकता खोज्ने निष्कर्ष निकालेको छ ।
बुधवार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य र सांसदहरूको भेलाले पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
‘सम्मानजनक एकता गर्न कार्यदल पुनः सक्रिय बनाउने र एकताका लागि पहल गर्ने छलफल भयो,’ सचिव भट्टराईले लोकान्तरसँग भने, ‘एकताका लागि कार्यदलले पार्टी अध्यक्षसँग कुरा गर्नेछ ।’
भेलामा पार्टीमा विवाद र आरोप–प्रत्यारोप गरेर एकता बिगार्नतिर नलाग्न नेता–कार्यकर्...