सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक कडाई गर्न थालेका छन् । यसै क्रममा बुधबार डोटी र कैलाली जिल्ला प्रशासन कार्यालय आदेश जारी गरेका छन् । बुधबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कडाई गर्न सिफारिस गरेसँगै जिल्ला प्रशासन कार्यालय डोटीले आदेश जारी गर्दै मेला महोत्सव र सार्वजनिक भेला गर्नमा रोक लगाएको छ ।त्यस्तै, २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा र सार्वजनिक स्थलमा ज