कोरोना बीमाको दाबी भुक्तानी आजदेखि : २५ हजारमध्ये पहिलो चरणमा १८ हजार ६० वटा पोलिसीको भुक्तानी गरिने

काठमाण्डाै - निर्जीवन बीमा कम्पनीहरूले आजदेखि कोरोना बीमाको दाबी रकम भुक्तानी गर्ने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार बीमा कम्पनीहरूले आजदेखि भुक्तानी दिने भएका हुन् । बीमा कम्पनीहरूको छाता सङ्गठन बिमक सङ्घले पनि कोरोना बीमाको भुक्तानी सुरु गर्न कम्पनीहरूलाई आग्रह गरेको छ । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक सङ्घले जनाएको छ । सङ्घका अनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ । ...

सम्बन्धित सामग्री

सकियो कोभिड बीमाको म्याद

काठमाडौं।कोरोना संक्रमितका लागि ल्याइएको कोरोना बीमाको म्याद सकिएको छ।गत वर्ष २०७७ सालको वैशाखदेखि सञ्चालनमा ल्याइएको बीमाको म्याद आजदेखि सकिने भएको हो।अब साउन १ गतेदेखि नै कोरोनाको संक्रमित हुनेले बीमा पाउने छैनन्।म्याद सकिएपछि अब कोरोनाका नयाँ संक्रमितले बीमाको दाबी भुक्तानी गर्न नपाउने बीमा कम्पनीहरुको नियामक निकाय बीमा संस्थानले बताएको छ।कोरोनाकै लागि भनेर जारी गरिएको बीमालेखमा असार मसान्तसम्ममात्रै लागू हुने उल्लेख छ।