तालिबानी लडाकुहरुले काबुल कब्जा गरेको १३ दिन भयो । तर यस अवधिमा सिंगो अफगानिस्तान उनीहरुको कब्जामा भने छैन । यहाँ तालिवान विरोधी शक्तिहरु पनि उत्तिकै सक्रिय छन् । त्यस्तै, अन्य धेरै आतंकवादी शक्तिहरु पनि शक्ति प्रदर्शनमा लागेका छन् । यसैको उदाहरण हो –बिहीबार काबुल विमानस्थलमा भएको आतंककारी हमला । यस बिस्फोटमा मर्नेको संख्या १ सय नाघिसकेको छ, आईएसआईएस–केले यो विस्फोटको जिम्मेवारी लिइसकेको छ । तालिवानयो समूहले अफगानिस्तान कब्जा गरेको घोषणा गर्दै विजय उत्सव मनाइसकेको छ