नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंसिर ४ गतेका लागि तय भएको आम निर्वाचन बिथोल्ने प्रयत्न र षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार पार्टीको प्रवास समन्वय समितिको बृहत राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुम मार्फत सम्बोधन गर्दै श्रेष्ठले षड्यन्त्रहरुलाई चिर्दै मंसिर ४ गते नै गर्न चुनाव गरिने बताए । ‘२०७४ सालको चुनावमा संविधान कार्यन्वयनको अवस्थामा थियो । त्यतिबेला स्थानीय तहसहित प्रदेश र संघको चुनाव भयो । गत वैशाख ३० गते स्थानीय तहको चुनाव सम्पन्न गर्&zwj