माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरू भएको बैठकमा संसदीय दलका नेता समेत रहेका अध्यक्ष नेपालले पार्टीको मस्यौदा विधान प्रस्तुत गरेका छन् । बैठकमा सो मस्यौदाबारे छलफल सुरू भएको ।बैठकमा सांसदहरू वेदुराम भुसाल, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कल्याणी खड्का, विरोध खतिवडा, किसन श्रेष्ठ, निरादेवी जैरु, कृष्णलाल महर्जन लगायतका सांसदहरू उपस्थित छन् । नेकपा एसको संसदीय दलको यो दोस्रो बैठक हो ।