इलाम – जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले राजीनामा दिएर बाटो खुलाउनुपर्ने बताउनुभएको छ । जसपा इलाम जिल्ला समन्वय समितिले बिहीवार गरेको जनसभालाई सम्बोधन गर्दै नेता यादवले आफ्नो नैतिकता जोगाउन पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
‘संविधान नै उल्लङ्घन गरेपछि प्रधानमन्त्रीले सजाय पाउनु पर्छ कि पर्दैन ? जनसभालाई प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘सर्वोच्चले नै गल्ती गरेको भनेर प्रमाणित गरी नै सक्यो । यो फैसला मात्रै हो,...