काठमाण्डाै – काठमाण्डाै मेडिकल कलेज (केएमसी) का कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीले श्रेष्ठलाई कलेजभित्र छिर्न दिनुपर्ने माग गर्दै सोमवार बिहान मेडिकल कलेज अगाडि प्रदर्शन गरेका छन् ।
काठमाण्डाै मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारी त्यसको विराेधमा आन्दोलित भएका हुन् । अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको उनीहरूले दाबी गरेका छन् ।
उनीहरूले कर्मचारी विनियमावली २०७६ मा भएको सेवा&ndas...