राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेपालमा छुट्टै सेनाको आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै मिश्रले यस्तो बताएका हुन् । उनले विपद् व्यवस्थापन गर्न छुट्टै सेनाको गठन गर्नुपर्ने बताएका हुन् ।विपद्को समयमा मानिसको उद्धार गर्न सहज हुने भन्दै उनले सेनाबाट २५ प्रतिशत, शस्त्रबाट २५ प्रतिशत र प्रहरीबाट १० प्रतिशत राखेर विपद् व्यवस्थापन सेना बनाउनु पर्ने धारणा राखे । उनले भने, ‘विपद् न्युनीकरणका लागि अलग इकाइ र सेना चाहिन्छ । यसले गर्दा सुरक्षाकर्मीबीच आपसी