प्रदेश २ को प्रदेशसभा बैठक सुरु, यस्तो छ कार्यसूची

प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि  सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गरेका छन् । प्रदेशसभा बैठकमा प्रदेश २ को नामाकरण र राजधानीसहितको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।प्रदेशसभाको कार्यसूची अनुसार प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाइने छ । प्रदेश प्रमुखबाट सातौ अधिवेशन अन्त्य र आठौँ अधिवेशन आह्वान, विद्येयक प्रमाणीकरण,

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक सुरु

काठमाडौँ- बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बैठक अपराह्न १ बजेदेखि सुरु भएको हो । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आजको बैठकमा यसअघि बसेको प्रदेशसभामा सांसदहरुले शून्य समय र विशेष समयमा उठाएका प्रश्नको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिने कार्यसूची रहेको बताए । उनले आजको […]

बागमती प्रदेशसभा बैठक सुरु, सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

बागमती प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शार्मले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।

ढिलो गरी सुरु भयो प्रदेशसभा बैठक, पहिले राजधानीका लागि मतदान हुने

जनकपुरधाम – प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ। आज ११ बजे बोलाइएको प्रदेशसभा बैठक डेढ घन्टाभन्दा बढी समय ढिलो गरी सुरु भएको हो। बैठकमा प्रदेशको स्थायी राजधानी र नामकरणका लागि गठन भएको समितिको प्रतिवेदनमा छलफल सुरु भएको छ। छलफलपश्चात मतदान हुने कार्यसूची रहेको छ। प्रदेशसभा कार्यसूचीअनुसार पहिले राजधानी र त्यसपछि नामका लागि मतदान […]

प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री राईले विश्वासको मत लिने

विराटनगर : बन्दका कारण हिजो स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन्। हिजो नै राईले विश्वासको मत लिने तयारी थियो। तर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक स्थगित…

बागमती प्रदेशसभा बैठक सुरु, आज विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलमात्र हुने

बागमती प्रदेशसभा बैठक सुरु भएको छ । निर्धारित समयभन्दा ढिलो सुरु भएको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अघिल्लो बैठकमा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल हुँदैछ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको बैठकमै विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । दसैँ बिदाका कारण झण्डै दुई सातापछि बिहीबार बसेको बैठकमा पनि विश्वासको मतमाथि मत विभाजन भने नहुने भएको छ ।अल्पमतमा परिसकेकी मुख्यमन्त्री शाक्यले केही दिन सत्ता लम्ब्याउने प्रयासस्वरुप प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभा बैठक स्थगन भएको छ। गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि बुधबारसम्मका लागि स्थगन भएको थियो । बुधबार बैठक सुरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगन भएको जनाएको हो। सूचनामा अर्को बैठक असार २७ गते आइतबार दिनको १ बजे बस्ने गरी तय भएको जानकारी गराइएको […]

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु

बुटवल। लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। सो बैठक प्रदेश प्रमुख धर्मनाथ शाहको उपस्थितिमा सभामुख पुर्णबहादुर शुभराम्भ गरेका हुन्। बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम प्रदेश प्रमुख शाहलाई हस्तान्तरण गरे। अहिले प्रदेश प्रमुखले बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु

बुटवल। लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। सो बैठक प्रदेश प्रमुख धर्मनाथ शाहको उपस्थितिमा सभामुख पुर्णबहादुर शुभराम्भ गरेका हुन्। बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम प्रदेश प्रमुख शाहलाई हस्तान्तरण गरे। अहिले प्रदेश प्रमुखले बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जनाएका छन् ।प्रदेशसभा बैठक सुरु हुनासाथ  विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठ